सडकमै गयो सूर्यबहादुरको प्राण: न उनले नाम्तो छाडे, न नाम्लोले उनलाई छाड्यो !

तस्बिर सौजन्य: अमन महर्जन (वडाध्यक्ष, कीर्तिपुर-१०) )

काठमाडौँ – कीर्तिपुरमा आइतबार एक वृद्धको बेवारिसे श-व फेला परेको छ। कीर्तिपुर वडा नम्बर १० स्थित मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटीमा आइतबार दिउँसो एक वृद्धको श-व फेला परेको हो।

मृत फेला पर्नेमा धादिङका सूर्यबहादुर तामाङ भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। उनको नाम खुलेपनि उनको उमेर भने खुल्न सकेको छैन।

तस्बिर: अमन महर्जन (वडाध्यक्ष, कीर्तिपुर-१०) )

खुल्न आएअनुसार उनी भारी बोक्ने काम गर्थे। आइतबार सडकमा पल्टिरहेको अवस्थामा पनि उनको हातमा भारी बोक्ने साथमै थियो। उनी वर्षौंदेखि कीर्तिपुरमा भरियाको काम गर्दै आएको प्रहरीको भनाई छ।

भरियाको काम गर्ने उनको कुनै कोठा नलिएको र उनी सडकमै सुत्ने गरेको बताइन्छ। बिगत दुई महिना देखि देशमा लकडाउन छ। लकडाउनका कारण काम नपाएका उनी विभिन्न संस्थाहरुले चलाएको मेसमा खान खाने गरेका थिए। आइतबार बिहान सम्म उनी ठिकै रहेको स्थानीयहरु बताउँछन्। तर, आइतबार दिउँसो भने उनले सडकमै प्राण त्यागे।

आइतबार मृत अवस्थामा फेला परेपछि प्रहरीले मुचुल्का उठाई तामाङको श-वलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याएको छ। श-वको पोष्टमर्टम त्यहीं हुने प्रहरीको भनाई छ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७१३:३४

११४ जनामा कोरोनाको पुष्टि भएको नरैनापुरमा निषेधाज्ञा, सेना परिचालन हुने !