नयाँ नक्सा तत्कालै पाठ्यपुस्तकमा !

काठमाडौँ, लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् । नयाँ कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी गृहकार्य थालिएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

यस शैक्षिक सत्रका लागि अधिकांश पुस्तकको छपाइ प्रक्रिया करिब सकिएको छ तर जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिनाले विभिन्न विकल्प प्रयोग गरेर नक्सा पुस्तकमा समेटिने बताउनुभयो  । पाठ्यक्रम विकास केन्द्रको लिखित अनुमतिपछि मात्र जनक शिक्षाले नयाँ नक्साको छपाइ गर्न पाउने कानुनी प्रावधान छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले यसबारे आधिकारिक निर्देशन आउन बाँकी रहेको जानकारी दिनुभयो । निर्देशन आएमा विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराउने योजना भने पूरा गर्न सकिने उहाँले बताउनुभयो ।

प्राप्त जानकारी अनुसार छपाइ हुन बाँकी पुस्तकको हकमा नयाँ स्वीकृति दिन सकिने छ । छपाइ भएर विद्यार्थीको हातमा पुगिसकेको पुस्तकको हकमा भने विद्यालयलाई जानकारी गराएर विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराई पढ्न प्रेरित गरिनेछ । यसमा प्रविधिको प्रयोग गरेर शिक्षकलाई जानकारी गराउने योजना पनि अगाडि सारिएको छ ।

विद्यालय तहसम्म नेपालको नयाँ नक्सा मात्रै अलगै छपाइ गरेर पनि पु¥याउन सकिने भट्टराईको भनाइ छ । केन्द्रका प्रवक्ता भट्टराईले छापिएका तर विद्यार्थीको हातमा पुग्न बाँकी रहेका पुस्तकको हकमा भने सबैभन्दा पछिल्लो पातोमा नक्सा टाँस गरेर पनि विद्यार्थीलाई उपलब्ध गराउन सकिने बताउनुभयो ।

प्रकाशित : सोमबार, जेठ १२, २०७७०२:३८

उपत्यकाका सयभन्दा बढी घर सिल गरियो !