प्रेममा पार्न निकै पापड बेल्न पर्छ यी राशि हुने युवतीलाई ,सजिलै पर्दैनन् माया जालमा !

हरेक युवा-युवतीको यहि इच्छा रहने गर्छ कि आफुले रोजेको व्यक्ति मिलोस् भन्ने रहने गर्छ। युवतीले चाहेको जस्ती विशेषता हुनेहरुलाई पनि आफ्नो प्रेमी बनाउने गर्छन् भने हरेक युवाहरुको यहि सोच हुन्छ कि आफुलाई मन परेको युवतीलाई कसरि आकर्षित गर्ने? हरेक व्यक्तिको स्वभाव ज्योतिष शास्त्रमा बताइने गरिन्छ, ज्योतिष शास्त्रलाई आधार मानेर अघि बढ्ने हो भने हरेकको स्वभाव साथै बानि थाहा हुने आउने गर्छ। यस लेखमा १२ राशिका महिलाहरुको व्यवहारका बारेमा जानकारी उल्लेखित रहेको छ भने प्रेममा कुन राशिका युवती छिट्टै पर्ने गर्छन् भन्ने बारेमा पनि जानकारी उल्लेख गरिएको छ।

मेष (Aries) (चू, च, चो, ला, लू, ले, लो, आ)

यस राशिका युवतीहरु रिशालु देखिने गर्छन्। तर भित्र भने यस राशिका युवतीहरु शान्त स्वभावका रहेका हुने गर्छन्। यस राशिका युवतीहरु केहि हदसम्मको घमण्डी रहने भएका कारण आफ्नो प्रेमीले जे भन्यो त्यो मानोस भन्ने सोच राख्ने गर्छन्। त्यस कारण यस राशिका युवतीलाई प्रेममा पार्न केहि हदसम्म मिहिनेत गर्नु पर्ने हुन्छ।

वृष (Tauras) (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)

यस राशिका युवतीहरु प्राय सुन्दर रहने गर्छन्। यस राशिका युवतीहरुको विचार बुझ्नको लागि धेरै गार्हो हुने गर्छ। साथै यस राशिका युवतीहरु चलाख समेत रहने गर्छन्। छिट्टै प्रलोभनमा नआउने हुँदा यस राशिका युवतीसँग सम्बन्ध स्थापित गर्नको लागि धेरै मिहिनेत गर्नु पर्ने हुन्छ।

मिथुन (Gemini) (का, की, कू, घ, ड, छ, के, को, हा)

यस राशिका युवतीहरु सालिन रहने गर्छन् भने बोलीमा समेत विशेषको नियन्त्रण राखेर मात्रै बोल्ने हुँदा यस राशिका युवतीहरु शान्त स्वभावका रहने गर्छन्। प्रेमको विषयमा छुट्टै विचार राख्ने यस राशिका युवतीहरुको प्रेम पाउनको लागि सालिन साथै उच्च व्यक्तित्व भएको हुनु पर्ने हुन्छ।

कर्क (Cancer) (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)

यस राशिका युवतीहरु छिट्टै घुलमिल हुने गर्छ। छिट्टै साथै बनाउने आदत भएका यस राशिका युवतीहरु प्रेमको मामलामा भने ज्यादै सजक रहने गर्छन्। साथै हरेक तरिकाबाट धेरै विषयमा अनुमान लगाउने खुवी भएका यस राशिका युवतीसँग प्रेम स्थापित गर्ने शुरुमा मित्रता गरेको राम्रो हुने मानिन्छ।

सिंह (Leo) (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

सधै आफ्नो कुरा राम्रो भन्ने बनि भएका यस राशिका युवतीहरु घमण्डी समेत रहने गर्छन्। साथै समाजमा खासै घुलमिल हुन मन नपराउने यस राशिका युवतीहरु हरेक ठाउँमा आफ्नो पहिचान रहोस् भन्ने चाहने गर्छन्। यस कारण यस राशिका युवतीलाई प्रेममा पार्नको लागी धेरै दुख गर्नु पर्ने हुन्छ।

कन्या (Virgo) (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

यस राशिका युवतीहरु अत्याधिक सैद्धांतिक रहने गर्छन्। घरमानै रमाउन जान्ने यस राशिका युवतीहरु खासै साथी बनाउन समेत पनि मन नपराउने हुन्छन्। जसका कारण यस राशिका युवतीसँग प्रेम सम्बन्ध स्थापित गर्नको लागि अत्याधिक मिहिनेत गर्नु पर्ने हुन्छ।

तुला (Libra) (रा, री, रू, रे, री, ता, ती, तू, ते)

यस राशिका युवतीहरु सबै गुणहरुबाट सज्जित रहने गर्छन्। यस राशिका युवतीहरु आफ्नो अत्याधिक प्रशंसा मन पराउने गर्छन्। साथै आफ्नो प्रेमी आफ्नै विचारधाराको रहोस् भन्ने यस राशिका युवतीहरुको चाहना रहेको हुन्छ। यस राशिका युवतीहरुलाई प्रभावित गर्नको लागि धेरै समझदार रहनु पर्ने हुन्छ।

वृश्चिक (Scorpio) (तो, ना, नी, नू, ने, नो, या,यी, यू)

सुन्दरताको मामलामा सामान्य रहने यस राशिका युवतीहरु खसिउ भावात्मक नहुने गर्छन्। खासै भावनामा नबग्ने भएका कारण प्रेममा पर्न भावना काम नआउने गर्छ। हल्का छुच्चो बानि हुने गरेका यस राशिका युवतीलाई प्रभाव पार्नको लागि भने भावना भन्दा अरुनै तरिका अपनाउनु पर्ने हुन्छ।

धनु (Sagittarius) (ये, यो, भा, भी, धा, फा, ढ़ा, भे)

यस राशिका युवतीहरु धेरै घुम-फिर गर्न मन पराउने गर्छन्। साहसिक कार्य गर्न मन पराउने यस राशिका युवतीहरु काम बोल्ने व्यक्तिलाई मन पराउने गर्दैनन्। साथै साहसिक कार्य रुचाउने व्यक्ति यस राशिका युवतीहरुलाई प्रभाव पार्न सक्छन्। साथै यस राशिका युवतीहरु खर्चालु समेत रहने हुन्छन्।

मकर (Capricorn) (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)

यस राशिका युवतीहरु अत्याधिक स्वाभिमान हुने गर्छन्। आफ्नो हरेक कार्यमा कसैको पनि सहयोगको अपेक्षा गर्दैनन्। साथै शान्त स्वभावक रहने यस राशिका युवतीहरु खासै प्रेममा पर्न रुचाउने गर्दैनन्। प्रेम सम्बन्धमा पर्नु भन्दा अगाडिनै धेरै सोच्ने यस राशिका युवतीहरुको बानि रहेको हुन्छ।

कुंभ (Aquarius) (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

यस राशिका युवतीहरु समझदार साथै सिधा हुने गर्छन्। आफ्नो छुट्टै चाहना राख्ने यस राशिका युवतीहरु घर केन्द्रित रहने गर्छन् भने आफ्नो प्रेमीको बारेमा धेरै पहिला देखि सपना देख्ने गरेका हुन्छन्। यदि आफ्नो सोचाईसँग मिलेको कोहि भेटमा भने यस राशिका युवतीहरु प्रेममा पर्छन्।

मीन (Pisces) (दी, दु, थ, था, दे, दो, चा, ची)

यस राशिका युवतीहरु ज्यादै रोमान्टिक हुने गर्छन्। यसको अर्थ सजिलै प्रेम जालमा पर्ने गर्छन् भन्ने चाही हैन। यस राशिका युवतीहरु काल्पनिक प्रेम खोज्ने हुँदा कस्तो प्रकारको प्रेमी चाइने भन्ने थाहा नहुने गर्छ। यस कारण यस राशिका युवतीहरुसंग प्रेम सम्बन्ध स्थापित गर्नको लागि कल्पना बुझ्न जरुरि हुने गर्छ।

प्रकाशित : सोमबार, जेठ १२, २०७७०९:४०

पूजा गर्दा गर्नै नहुने १० कार्यहरु !