प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज साढे ५ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन्।

आज नै बस्ने मन्त्रिपरिषदको बैठक पश्चात प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको थापाले बताए। प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा केन्द्रित हुने थापाको भनाई छ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको दुई महिना पूरा भइसकेको अवस्थामा ओलीबाट हुने सम्बोधनलाई महत्वका साथ देखिएको छ। लकडाउन घोषणा गर्नु अगाडी पनि ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए।

यस्तै भारतसंगको सीमा विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओलीको सम्बोधनलाई महत्वका साथ हेरिएको छ। सरकारले नयाँ नक्सा जारी गरिसकेपछि ओलीले पहिलो पटक सार्वजनिक रुपमा बोल्न लागेका हुन्। यस अगाडी नक्सा सार्वजनिक गर्नुभन्दा अगाडी दुवै संसदलाई सम्बोधन गरेका थिए।

प्रकाशित : सोमबार, जेठ १२, २०७७०९:५०

आज एकै पटक ७२ जनामा सङ्क्रमण, काठमाडौँमा ३ जना थपिए !