प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश !

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६÷७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज साढे ५ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन्।

आज नै बस्ने मन्त्रिपरिषदको बैठक पश्चात प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको थापाले बताए। प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा केन्द्रित हुने थापाको भनाई छ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको दुई महिना पूरा भइसकेको अवस्थामा ओलीबाट हुने सम्बोधनलाई महत्वका साथ देखिएको छ। लकडाउन घोषणा गर्नु अगाडी पनि ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए।

यस्तै भारतसंगको सीमा विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओलीको सम्बोधनलाई महत्वका साथ हेरिएको छ। सरकारले नयाँ नक्सा जारी गरिसकेपछि ओलीले पहिलो पटक सार्वजनिक रुपमा बोल्न लागेका हुन्। यस अगाडी नक्सा सार्वजनिक गर्नुभन्दा अगाडी दुवै संसदलाई सम्बोधन गरेका थिए।

प्रकाशित : सोमबार, जेठ १२, २०७७१०:०२

वर्षा राउतका कारण वर्षा सिवाकोटीलाई गाली, गरिन यस्तो आग्रह!