थप ६ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – सोमबार थप ६ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ। देशमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट अछामका ३२ वर्षीय पुरुष, भेरी अस्पतालको प्रयोगशालामा बर्दियाका २२, २४ र १८ वर्षीय पुरुष र नारायणी अस्पतालको प्रयोगशालामामा पर्सा र बाराका एक-एक जना पुरुषमा कोरोनाको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

यस्तै उनले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण देखिएको पनि जानकारी दिएका छन्। मेडिकल कलेजमा गत ४ जेठमा निधन भएका कलैया ७ बाराका ७० वर्षीय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले पुष्टि गरे। यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ भने कुल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।

यस अगाडी सोमबार ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। सोमबार बिहान धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोनाको पुष्टि भएको थियो।

प्रकाशित : सोमबार, जेठ १२, २०७७१०:४५

दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै !