के तपाई जुँगा (अपर लिप हेयर) आएर तनावमा हुनुहुन्छ ? यी ३ घरेलु उपायबाट हटाउनुहोस्!

अपर लिपमा कपाल आउनु महिलाहरुको आम समस्या हो । महिलाहरुमा अनावश्यक कपालको विकास हर्मोनल या आनुवंशिक कारणबाट हुने गर्छ। अपर लिपको कपाल हटाउन थोरै पिडा त हुन्छ तर यसलाई हटाउन निकै जरुरी छ। किनकि यसले अनुहारलाई भद्दा देखाउछ। यदी तपाई पनि लिपको कपाल हटाउन चाहनुहुन्छ भने तल दिइएको केहि घरेलु उपाय अपनाउनुहोस्।

बेसार र पानी:
अपर लिपको कपाल हटाउनको लागि बेसार सबैभन्दा राम्रो उपाय  हो। यसको लागि एक चम्चा बेसारमा त्यति नै पानि हालेर यसलाई गाढा पेस्ट बनाउनुहोस्। यस पेस्टलाई आफ्नो माथिल्लो ओठ भन्दा माथि विस्तारै लगाउनुहोस् । र आधा घण्टापछि विस्तारै रगड्दै पानिले सफा गर्नुहोस।  यस उपाय ४ हप्तासम्म नियमित गर्दा अपर लिपमा नया कपाल पलाउन रोकिन्छ।

कागती, चिनी र पानी:

दुइ कागती निचोडेर यसमा थोरै चिनी मिलाउनुहोस्। र यस पेस्टलाई पातलो पेस्ट नबनेसम्म घोल्नुहोस। अब तयार पेस्‍टलाई ओठको माथिल्लो भागमा लगाउनुहोस्। यसलाई १५ मिनेट राखेर सफा पानीले धुनुहोस।

अन्डाको  सेतो भाग:
अपर लिपको कपाल हटाउनको लागि अन्डाको सेतो भाग पनि राम्रो उपाय हो। यस पेस्ट बनाउनको लागि एउटा अण्डाको सेतो भागमा एक चम्चा आटा र चीनीलाई मिसाउनुहोस्।फेरी यस पेस्टलाई आफ्नो ओठभन्दा माथिल्लो भागमा लगाउनुहोस्। यस पेस्‍टलाई कम से कम ३० मिनेटसम्म राख्नुहोस। राम्रो परिणाम पाउनको लागि एक हप्तामा २ पटक यो बिधि अपनाउनुहोस्। एक महिना भित्र तपाइको अपर लिपको कपालको विकास धेरै कम हुन्छ।

प्रकाशित : सोमबार, जेठ १२, २०७७१५:३६

विवाहपछि महिला मोटाउने पुरुष दुब्लाउने किन हुन्छ ?