भट्टाभट नक्कली पोर्न भिडियो सार्वजनिक हुन थालेपछि नेपाली नायिकाहरु तनावमा…

काठमाडौँ – नेपाली भूमिमा रजाई गर्दै आएको भारत यति बेला आक्रोशित छ। निर्वाद रुपमा नेपाली भूमि प्रयोग गरेर सैन्य अखडा राख्ने देखि सडक बनाउन सम्म पाएको भारत नेपालका पछिल्लो कदममा कारण रुष्ट बनेको हो। नेपाली भूमिमा सडक निर्माण गरेपछि नेपालले नयाँ नक्सा सार्वजनिक गर्दै भारतका राजनीतिक नेता देखि मिडिया सम्म आक्रोशित छन्। नेपाल दर्हिलो प्रमाण सहित उत्रिएको देखेर भारतीय नेताहरु तर्सिएको समेत बताइन्छ।

नेपाल-भारत बीच सीमा विवाद चलिरहेका बेला दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलेको छ। दुई देशका ह्याकर अहिले अर्को देशका विभिन्न वेबसाइट तथा प्रणालीमा आक्रमणमा उत्रिएका छन्।

यसै बीच भारतीयहरुले दुई नेपाली नायिकाको नक्कली पो-र्न भिडियो सार्वजनिक गरिदिएका छन्। भारतीयहरुले नेपाली नायिकाहफ्रुको नक्कली भिडियो सार्वजनिक गरेसँगै नेपाली कला क्षेत्रमा त्रास छाएको छ।

भारतीयहरुले पो-र्नस्टा-रको शरीरमा नेपाली नायिकाको टाउको जोडेको फे-क भिडियो सार्वजनिक गर्दै एक दर्जन अन्य नायिकाको यस किसिमको नक्कली पो-र्न भिडियो सार्वजनिक गर्ने तयारी गरिएको हल्ला फैलिएपछि नेपाली कला क्षेत्रमा आतंक मच्चिएको छ। सोमबार भारतीयहरुले एक नायिकाको दुई फे-क भिडियो र अर्की नायिकाको पाँच फे-क भिडियो अपलोड गरेको बताइएको छ।

नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति जारी गर्दै यस घटनाको निन्दा गरेको छ। संघका उपाध्यक्ष एवं प्रवत्ता मोहन निरौलाले विज्ञप्ति जारी गर्दै असामाजिक एवं निन्दनीय अपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई कानुनी कार्बाही मात्र हैन सामाजिक बहिष्कार गर्न पनि अनुरोध गरेका छन्। अपराधिक कार्यको बिरूद्ध एक्लाएक्लै नभई सामुहिक,संगठित र संस्थागत रूपमा लड़ने प्रतिबद्धता संघको छ।

प्रकाशित : मङ्गलबार, जेठ १३, २०७७०३:०३

जनस्वास्थ्यमा गम्भीर खेलबाड : १० वर्षअघि म्याद सकिएका ‘टियर ग्याँस’ अझै प्रयोगमा !