थप १२ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – मंगलबार कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितहरु ११ जना पुरुष र एक जना महिला रहेका छन् । मंगलबार १२ जनामा पुष्टि भएको बारे स्वास्थ्य सेवा महाशाखा प्रमुखले एक विज्ञप्ति जारी गर्दै पष्टि गरेका छन्।

मंगलबार पुष्टि भएकाहरुमा वीरेन्द्रनगर १ का १६ वर्षीय पुरुष; वीरेन्द्रनगर २ का ९, २०, ३२, ३६ वर्षीय पुरुष तथा ३२ वर्षीय एक महिला; वीरेन्द्रनगर ३ का ४६ वर्षीय पुरुष; वीरेन्द्रनगर ६ का २६ वर्षीय पुरुष; भेरीगंगा ८ का १६ र १७ वर्षीय पुरुष र सिम्ता ४ का ३५ र ४९ वर्षीय पुरुष रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ।

समाजिक विकास मन्त्रालयका अनुसार कोरोना पुष्टि भएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ।

प्रकाशित : मङ्गलबार, जेठ १३, २०७७०३:४१

झारा टार्नेकाम: बेञ्च जोडेरै क्वारेन्टिन, ओड्ने कपडा आफैँ जोहो गर्नुपर्ने !