काठमाडौँ, बैशाख १३ । जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक ह-त्या भएसँगै यतिबेला आम मानिसमा आ-क्रोश पैदा भएको छ । जात नमिलेकै कारण ज्यान नवराज विकको ज्यान लिइएपछि अहिले सामाजिक संजालमा सर्वत्र आलोचना भएको छ।
ढुंगाले हि-र्काएरै उनको ज्यान लिईएपछि यसको विरोध मात्र नभई प्रश्न पनि उब्जिएको छ । त्यस्तै चर्चित गायक प्रकाश सपुतले सामाजिक संजालमार्फत सरकारसँग प्रश्न गरेका छन् । उनि लेख्छन्, ‘सरकार, खु-कुरी उदाएर निस्किएकै हो, जान्छु देशको सिमानामा र थापिन्छु, कि का-ट्छु कि का-टिन्छु भनेर, तर रुकुम पुगेर रोकिए।
सरकार, त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि? जातिए विभेदको, वर्गिय विभेदको, सिमाना भित्रैका यि पर्खालहरु भ-त्काउदा -भत्काउदै देशको सिमानामा पुग्न ढिलो भए भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार? देशभक्त मानिन्छु कि मानिन्न? सरकार, उत्तर दिईहाल्नुभयो भने यसको उत्तर पनि दिनुहोला । म एक स्वाभिमानी नेपाली यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ? नवराज तिमीसंगै हाम्रो आत्मसम्मानको पनि मृ’त्यु भएको छ । हार्दिक श्रद्धांजलि!
दलित भएकै कारण, प्रेम गरेकै कारण म’र्नुपर्ने नियति देशकै लागि लज्जास्पद छ,सारै दुखद छ । ”कुरी -कुरी समाज, कुरी कुरी कानुन !”