गाउँपालिका अध्यक्षलाई कोरोना: भने-“क्वारेन्टाइन बस्दा गाउँ सम्वृद्ध बनाउने योजना बनाउँछु”

काठमाडौँ – गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी गराएका हुन्।

सोमबार कोरोना पुष्टि भएमध्ये एक जना आफूपनि रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न समेत उनले आग्रह गरेका छन्।

छिमेकि गाउँपालिकामा कोरोनाको पुष्टि भएपछि जेठ १० गते गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र प्रहरीको आरडिटी परीक्षण गरिएको थियो। जसक्रममा गाउँपालिकाका अध्यक्षको रिपोर्ट पोजेटिभ आएको थियो।

स्वाब परीक्षण गरी भैरहवास्थित प्रयोगशाला पठाएर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि उनले मंगलबार विज्ञप्ति निकालेर सबैलाई सतर्क रहन आग्रह गरेका हुन्।

“२०७७/०२/१० गते गाउँपालिका भित्रका केही जनप्रतिनिधी, कर्मचारी, सवास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र स्थानिय प॒हरीको बार,डि.टि. परिक्षण गरेका थियौँ । जसमा एकजना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएपछी मेरो र पोजेटिभ देखिएका व्यक्तिको स्वाव संकलन गरी भैरहवा पठाइएकोमा स्वयम् मेरो रिपोर्ट पौजेटिभ देखिएको छ ।”,विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

उनले कोरोनाको पुष्टि भएपछि एकान्तबासमा बस्दाको समयलाई सदुमयोग गर्ने पनि विज्ञप्ति मार्फत जानकारी गराएका छन्। रोगसंग लड्न लाग्ने समय गाउँपालिकाको आगामी योजना बनाउन खर्च गर्ने उनको भनाई छ।

प्रकाशित : मङ्गलबार, जेठ १३, २०७७१०:३५

आज एकैदिन ९० जनामा कोरोनाको पुष्टि !