काठमाडौँ – मंगलबार एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
मङ्गलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोरोना संक्रमण भएका व्यक्तिको सङ्ख्या ७७२ नाघेको जानकारी दिए।
महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना गरी मंगलबार ९० जनामा कोरोनाको पुष्टि भएको उनको भनाई छ। मंगलबार ९०मा कोरोनाको पुष्टिसँगै नेपालका ४६ जिल्लामा कोरोना पुगेको छ।
यस्तै उनका अनुसार नारायणी अस्पतालमबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। जससँगै निको हुनेको कुल सङख्या १५५ जना पुगेको छ।