क्वारेन्टिनमा महिलाको मृत्यु, पिसिआर रिपोर्ट नआउँदै शव व्यवस्थापन !

झिमरुक – क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ।

महिलासँगै बसेका परिवारका पाँच सदस्यको आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

लामो समयदेखि भारतमा ब्रेन ट्युमरको उपचार गराइरहेकी उनलाई चिकित्सकले निको नहुने बताएपछि उनी स्वदेश फर्किएर यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेकी थिइन्।

कोरोना संक्रमित पालिका अध्यक्ष मिडियामा

कोरोना संक्रमित गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले प्रेस विज्ञप्तिमार्फत आफ्नो स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष पोखरेलले आज प्रेस विज्ञप्ति नै प्रकाशन गरी रोगको पहिचान समयमै भएकाले आफू क्वारेन्टिनमा बस्ने र उक्त समयमा गाउँपालिकाका आगामी योजना बनाउने अवसरका रुपमा लिने बताए । उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई संक्रमणको जोखिम हुने हुँदा सुरक्षित रहन आग्रह पनि गरेका छन् ।

चार दिनअघि स्वाब संकलन गरी पठाएकामा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै चौतर्फी चासो बढेपछि उनले विज्ञप्ति नै जारी गरी आफ्नो स्वास्थ्यावस्थाबारे जानकारी दिएका हुन् । उनले आफू गाउँपालिकामा निर्मित क्वारेन्टिन कक्षको अनुगमन तथा विभिन्न कार्यक्रममा तमघाससम्म पुगेको र अन्य ठाउँमा नगएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित : मङ्गलबार, जेठ १३, २०७७१५:१०

कोरोनाको असरपछि आधा घट्यो रेमिट्यान्स !