भारतबाट आएकै दिन एक युवकको मृत्यु, स्वावको रिर्पोट दिउँसो आउँदै !

काठमाडौँ – भारतबाट आएका एक युवकको मंगलबार राति निधन भएको छ। भारतको गुजरातबाट मंगलवार वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राती निधन भएको हो।

निधन हुनेमा सुर्खेतकै चिंगाड गाउँपालिका वडा नम्बर पाँच अवलचिंग बस्दै आइरहेका २२ वर्षका वीरेन्द्र रोकाया रहेका छन्। उनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा निधन भएको हो।

उनी मंगलबार मात्रै रुपइडिया नाकाबाट नेपाल आएका थिए। चिंगाड जाने बसमा आएका उनले असहज भयो भने पछि अस्पताल पुर्याएको र त्यहीं उनको मृ-त्यु भएको प्रदेश सभा सदस्य खड्क खत्रीले बताए।

राती साढे बाह्र बजे जाँच गर्न जाँदा उनी अस्पतालमा मृत अवस्थामा फेला परेको अस्पतालका कोरोना फोकल पर्सन डा. के एन पौडेलले जनाएका छन्। उनका अनुसार मृतकको आरडिटी पनि परिक्षण गरिएको थिएन। स्वावको रिर्पोट बुधबार दिउँसो आउने अस्पतालको भनाई छ।

क्वारेन्टिनमै वडाध्यक्षको मृ-त्यु

क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृ-त्यु भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृ-त्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टिन पुगेका थिए ।

नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भने, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टिनमा पुगेका उहाँको मृ-त्यु भएको छ ।”

वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उनको मृ-त्यु भएको हुनसक्ने उनले बताए। मृ-त्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।

प्रकाशित : बुधबार, जेठ १४, २०७७०३:३०

नातामा दाजु पर्नेले गर्भवती बनाएपछि…