भारतसँग तनाव बढेपछि चिनियाँ राष्ट्रपतिले सेनालाई दिए तयार रहन निर्देशन !

एजेन्सी – चीनका राष्ट्रपति शी जिनपिङले देशका सेनालाई तयार रहन निर्देशन दिएका छन्। राष्ट्रपति जिनपिङले देशका सेनालाई जस्तो सुकै अवस्थाको लागि पनि तयार रहन निर्देशन दिएका हुन्।

राष्ट्रपति जिनपिङले पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा यस्तो निर्देशन बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

लद्दाखको प्याङ्‍गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपासको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा भारतसँग तनाव शिर्जना भएको अवस्थामा राष्ट्रपति जिनपिङले दिएको यस्तो निर्देशनलाई महत्वका साथ हेरिएको छ।

चिनियाँ संचार माध्यमहरुका अनुसार राष्ट्रपति जिनपिङले राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नको लागि तयार रहन निर्देशन दिएका छन्। सबैभन्दा खराब स्थितीको कल्पना गरेर आफ्नो तयारी र प्रशिक्षणलाई तिब्रता दिन उनको निर्देशन रहेको बताइएको छ।

लद्दाखको प्याङ्‍गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपासको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा चीनले सैन्य उपस्थिति बढाएको छ। भारतसँगको बढ्दो तनाबका बीच चीनले त्यस क्षेत्रमा सैन्य उपस्थिति बढाएको हो। चीनले गालवन गल्छीमा दुई सातायता १०० अस्थायी क्याम्प खडा गरिसकेको बताइएको छ।

यस्तै त्यस क्षेत्रमा भारतले पनि सैन्य क्षमता बढाउने भएको छ। शुक्रवार लेह पुगेका भारतीय सैन्य प्रमुख जनरल मनोज मुकुन्द नरवणे त्यस क्षेत्रमा सैन्य क्षमता बढाउने निर्देशन दिएका हुन्।

बिगत महिना देखि लद्दाख क्षेत्रमा चीन र भारत बीच तनाव बढ्दै गएको छ। एक महिनाको अन्तरालमा मात्रै त्यहाँ दुई देशका सेना बीच ३ पटक झडप भइसकेको छ।

प्रकाशित : बुधबार, जेठ १४, २०७७०४:१४

कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने !