खाली पेट यी चीज नखाएकै राम्रो !

काठमाडौँ । प्राय धेरैको बानी हुन्छ बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने । हामीले दैनिक गर्ने यो बानी स्वास्थ्यको लागि हनिकार हुन्छ भन्ने प्राय कमैलाई थाहा होला । खाली पेटमा जे पायो त्यही खानु भनेको विष सेवन गर्नु जतिकै हो । खाली पेटमा खाइने केही यस्ता खाने कुरा रहेका छन् जसले शरिरलाई नराम्रो असर पुर्याउँछ ।

मसालेदार खाना : खाली पेटमा स्पाईसी वा धेरै पिरो खानेकुरा खानु भनेको अल्सर निम्त्याउनु हो । खालीपेटमा खाइने यस्ता खानेकुराले पेटमा एसिडिटी बढाउँछ ।

सफ्ट ड्रिङ्स : सफ्ट ड्रिङ्स विशेष गरेर कोल्ड ड्रिङ्स खाली पेटमा कहिले पिउनु हुँदैन् । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुने हुँदा पेटमा गम्भीर समस्या बन्छ । त्यसले पेटमा ग्यास बढाउनुको साथै ग्यास भरिने वान्ता आउने जस्ता समस्या बढाउँछ ।

चिसो पेय पदार्थ  : खाली पेटमा कहिल्यै पनि चिसो पदार्थ पिउनु हुँदैन् । यसले पेटमा मुकस मेम्ब्रेन पेटको पाचन क्रियालाई हाअनी पुर्याउँछ । खाली पेटमा पेय पदार्थ पिउँदा पाचन क्रिया सुस्त हुन्छ । त्यसकारणखाली पेटमा मनतातो पानी वा ग्रिन टि पिउने गर्नुपर्छ ।

अमिलो फल : खाली पेटमा अमिलो खानेकुरा खानु पनि स्वास्थ्यको लागि हानीकार हुन्छ । यस्ता कुराहरुले पेटमा एसिड बढाउने त गर्छ नै फाइबर र फ्रुक्टोज प्राप्त हुने हुँदा पाचन क्रियालाई सुस्त बनाउँछ । त्यसकारण खाली पेटमा यस्ता खानेकुरा खानु हुँदैन् ।

चिया–कफी : खाली पेटमा चिया कफि पिउनु स्वास्थ्यको लागि हानिकार हुन्छ । चिया कफिले एसिडिटी बढाउँछ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ । जसले गर्दा ग्यास्ट्रिकको समस्या हुन्छ । चियामा हुने उच्च अम्लले पाचन प्रक्रियालाई असर पुर्याउँछ । साथै पेट दुख्ने समस्या उत्पन्न हुन्छ ।

प्रकाशित : बुधबार, जेठ १४, २०७७१३:३९

इयरफोनको धेरै प्रयोग गर्दा बहिरो हुने खतरा, दिमागमा पनि असर पर्न सक्ने !