काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव बारे नेपाली कांग्रेस सकारात्मक रहेको बताएका छन्।
बुधबार राति एक ट्वीट गर्दै देउवाले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याएको विधेयकको विषयमा नेपाली कांग्रेस सकारात्मक रहेको जानकारी गराएका हुन्।
विधेयकको विषयमा संस्थागत निर्णय पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने भन्दै उनले विभिन्न संचार माध्यमहरुमा आएको भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह पनि गरेका छन्।
“नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु । हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् । अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं,जय नेपाल !”,ट्वीट गर्दै उनले भनेका छन्।
मंगलबार बसेको सर्वदलीय बैठकमा देउवाले विधेयकको विषयमा पार्टीबाट निर्णय गराउन केहि समय माग गरेका थिए। जसकारण बुधबारको सम्भावित कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटाइएको थियो।
नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु l
हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् l अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ l यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं,जय नेपाल !
— Sher Bahadur Deuba (@SherBDeuba) May 27, 2020
नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु l
हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् l अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ l यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं,जय नेपाल !
— Sher Bahadur Deuba (@DeubaSherbdr) May 27, 2020