सलमानले रोमान्स गरेका यी नायिकाहरु सलमानले डेब्यु गर्दा बच्चै थिए ! कोहि त जन्मिएकै थिएनन्

एजेन्सी- बलिउड नागरिका टाईगर ‘सलमान खान’ एउटा यस्तो नाम हो जुन बलिउड फिल्मी जगतमा मात्र नभएर विश्व जगतको ‘सेलिब्रेटी सोसाइटी’मा समेत स्थापित रहेको छ। आझ भनौ सलमानको क्रेज विश्वभर छ ।

उनको स्टारडमको बलिउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन् ।

सन् १९८८ बाट सलमानको बलिउड करियर शुरु भएको थियो। त्यस यता उनी लगातार बलिउडमा सक्रिय छन्। ३० वर्ष भन्दा लामी बलिउड यात्रामा उनले धेरै हिट चलचित्र दिएका छन्। सयौं चलचित्रमा काम गरिसकेका सलमानले धेरै नायिकासँग रोमान्स पनि गरिसके।

उनले रोमान्स गरेका केहि नायिकाहरु यस्ता छन् जो सलमानको डेब्युको समयमा बच्चा थिए। त्यति मात्र नभई सलमानले यस्ता नायिकासँग पनि “रिललाइफ”मा रोमान्स गरेका छन् जो सलमानले बलिउडमा डेब्यु गर्दा जन्मिएका पनि थिएनन्।

सलमानले बलिउडमा डेब्यु गर्दा बच्चै रहेका र जन्मिन बाँकि नायिका निम्न छन्।

ज्याक्लिन फर्नाण्डेज

ज्याक्लिन र सलमानले किक (२०१४) र रेस-३ (२०१७) मा सँगै काम गरेका थिए। यी दुवै चलचित्रमा यी दुई बीचको रोमान्स पर्दामा देखिएको थियो। सन् १९८५ मा जन्मिएकी ज्याक्लिन सलमानले बलिउडमा डेब्यु गर्दा मात्रै ३ वर्षकी बच्ची थिइन्।

अनुष्का शर्मा

अनुष्का र सलमानले सन् २०१६ मा चलचित्र सुलतानमा काम गरेका थिए। यो चलचित्रमा यी दुईको केमेष्ट्री मात्र नभई रोमान्स पनि देखिएको थियो। अनुष्का शर्माको जन्म सन् १९८८ मा भएको थियो। सलमानले बलिउडमा डेब्यु गर्दा अनुष्का मात्रै ४ महिने बालिका थिइन्।

सोनम कपूर

चलचित्र प्रेम रतन धन पायो मा सलमान र सोनामको जोडीलाई धेरैले रुचाए। यो चलचित्रमा यी दुई बीचको रोमान्स पर्दामा उतारिएको थियो। सोनमको जन्म सन् १९८५ मा भएको थियो। सलमानले बलिउडमा डेब्यु गर्दा सोमन मात्रै ३ वर्षकी थिइन्।

करीना कपूर

बजरंगी भाईजान’ (२०१७) र बडीगार्ड (२०११) जस्ता चलचित्रमा सलमानसँगै काम गरेकी करिना पनि सलमानले बलिउडमा डेब्यु गर्दा सानै थिइन्। सन् १९८०मा जन्मिएकी करिना त्यसबेला मात्रै ८ वर्षकी थिइन्।

कट्रिना कैफ

कट्रिनासँग पर्दामा मात्र नभई सलमानले वास्तविक जीवनमा समेत रोमान्स गर्न भ्याइसके। यी दुईले धेरै हिट चलचित्र पनि दिइसकेका छन्। चलचित्रमा यी दुई बीच रोमान्स दर्शकहरुले राम्रै रुचाउने गरेका छन्। तर सलमानले बलिउडमा डेब्यु गर्दा कट्रिना मात्र ५ वर्षकी थिइन्।

प्रियंका चोपडा

मुझसे शादी करोगी र सलाम ए इश्क जस्ता चलचित्रमा सलमान र प्रियंकाले सँगै काम गरेका थिए। प्रियंकाको जन्म सन् १९८२ मा भएको थियो। सलमानले बलिउडमा डेब्यु गर्दा प्रियंका मात्रै ६ वर्षकी थिइन्।

सोनाक्षी सिन्हा

बलिउडमा सोनाक्षीलाई सलमानले डेब्यु गराएका थिए। दबंगमा यी दुईको जोडीलाई देखिएको थियो। सोनाक्षीको जन्म सन् १९८७ मा भएको थियो। सलमानले बलिउडमा डेब्यु गर्दा सोनाक्षी मात्रै १ वर्षकी थिइन्।

निम्न उल्लेखित २ नायिकाले सलमानसँग चलचित्रमा अहिले सम्म काम नगरेको भएता पनि छिट्टै सलमानसँग रोमान्स गर्दैछन्।

दिशा पटानी

चलचित्र भारतमा सलमान खानसँग दिशा पटानी पहिलो पटक काम गर्दैछिन्। सलमान र दिशाको जोडीलाई चलचित्र भारतमा देखिने भारतीय मिडियाहरु बताउँछन्। सलमानले बलिउडमा डेब्यु गर्दा पटानी जन्मिएकी समेत थिइनन्। सलमानले बलिउडमा डेब्यु गरेको ४ वर्ष पछि सन् १९९२मा दिशा पटानीको जन्म भएको थियो।

आलिया भट्ट

निर्देशक संजय लीला भंसालीको चलचित्र इंशाअल्लाहमा आलिया भट्ट र सलमान खानलाई देख्न पाइने भएको छ। भन्सालीले यी दुईलाई लीड कास्टको रुपमा साइन गरिसकेका छन्। आलिया सन् १९९३मा जन्मिएकी थिइन्। सलमानले बलिउडमा डेब्यु गरेको ५ वर्ष पछि आलिया जन्मिएकी थिइन्। तर पनि सलमान र आलियाको रोमान्स चलचित्र इंशाअल्लाहमा देख्न पाइने भएको छ।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७११:२६

शाहरुखका केही फिल्महरु जुन तयार भएर पनि रिलिज भएनन् !