यी रुपवती अप्सराहरुका कामुक र मादक हर्कतले बदलियो स्वर्ग र धर्तीको इतिहास

काठमाडौँ : वेद र पुराणहरुमा उल्लेख गरिए अनुसार अप्सरा सबैभन्दा सुन्दर र जादुयी शक्तिले सम्पन्न हुन्थे। उनीहरु गन्धर्व लोकमा बस्थे। उनीहरु देवलोकमा नृत्य र सङ्गीतको माध्यमले देवताहरुलाई मनोरञ्जन प्रदान गर्थे। देवराज इन्द्रले आफ्नो सिंहासनको रक्षाको लागि सन्त-तपस्वीको कठोर तपस्या भङ्ग गर्न अप्सराको प्रयोग गर्थे । अप्सराको प्रयोगले धर्तीमा अप्सराबाट उत्पन्न मानिसहरुका वंश चल्यो। यसै सन्दर्भमा आज हामी तपाईलाई बताउँदै छौं कि अप्सराले मनुष्य जातिको इतिहास कसरी बदले।

रम्भा : प्रमुख ११ अप्सराहरुमा प्रधान अप्सरा रम्भाका थुप्रै रोचक किस्साहरु छन्। रम्भा आफ्नो रुप र सौन्दर्यको लागि तीनै लोकमा प्रसिद्ध थिईन्। यहीं कारण हरकोहीं उनलाई प्राप्त गर्न चाहन्थे। रामायण कालमा यक्षराज कुबेरको पुत्र नलकुबेरकी पत्नीको रुपमा उनलाई उल्लेख गरिएको छ। रावणले रम्भासित बलात्कारको प्रयास गरेका थिए, जसकारण रम्भाले श्राप दिँदै भनेकी थिईन् – ‘जब तैँले तलाई नचाहने स्त्रीसँग सम्भोग गर्नेछ, तैँले प्राण त्याग्नेछ।’

यो मानिन्छ कि यहीं श्रापको भयले रावणले सीताहरण पछि सीतालाई छुँदा पनि छोएनन्। महाभारतमा उनलाई तुरुम्ब नामको गन्धर्वको पत्नी बताईएको छ। स्वर्गमा अर्जुनको स्वागतमा रम्भाले नृत्य गरेकी थिईन्। त्यस समय अप्सरा उर्वशी पनि थिईन् जो अर्जुन देखेर मोहित भएकी थिईन्।

एक पटक विश्वामित्रको घोर तपस्याबाट विचलित भई इन्द्रले रम्भालाई बोलाएर विश्वामित्रको तप भङ्ग गर्नको लागि पठाए तर ऋषिले इन्द्रको षड्यन्त्रलाई बुझे। र उनले रम्भालाई हजार वर्षसम्म शिला बनेर रहन श्राप दिए। सवाल यो उठ्छ कि अपराध इन्द्रले गरेका थिए तर रम्भालाई सजाय किन दिईयो। वाल्मिकी रामायणको एक कथा अनुसार उनलाई एक ब्राह्मणले विश्वामित्र ऋषिको श्रापबाट मुक्त गरेका थिए। तर स्कन्द पुराण अनुसार उनका उद्धारक ‘श्वेतमुनि’ भएको बताईएको छ, जसले छोडेको वाणले शिलारूपमा कंमितीर्थ गिरेर मुक्त भएकी थिईन्।

उर्वशी : एकपटक इन्द्रको सभामा उर्वशीको नृत्यको समयमा राजा पुरुरवा उनीप्रति आकृष्ट भए, जसकारण उनको नृत्यको ताल बिग्रियो । यस अपराधको कारण इन्द्र रुष्ट भएर दुवै जनालाई मर्त्यलोकमा रहन श्राप दिए। मर्त्यलोकमा पुरुरवा र उर्वशी केही शर्तको साथमा पति-पत्नी बनेर बस्न थाले। दुवैका धेरै पुत्रहरु भए। दुईका पुत्रहरुमध्ये एक पुत्र आयुको पुत्र नहुष भयो। नहुषका ययाति, संयाति, अयाति, अयति र ध्रुव प्रमुख पुत्र थिए। यी मध्ये ययातिको यदु, तुर्वसु, द्रुहु, अनु र पुरु भए। यदुबाट यादव र पुरुबाट पौरव भए। पुरुको वंशबाट नै कुरू भए र कुरूबाट कौरव भए। भीष्म पितामह कुरुवंशी नै थिए।

त्यस्तै उर्वशी एक पटक इन्द्रको सभामा अर्जुनप्रति आकर्षित भएकी थिईन् र उनले इन्द्रसँग प्रणय-निवेदन गरेकी थिईन्, तर अर्जुनले भने – ‘हे देवी ! हाम्रो पूर्वजले तपाईसँग विवाह गरेर हाम्रो वंशको गौरव बढाएका थिए, अत: पुरु वंशकी जननी भएको नाताले तपाई हाम्रो माता तुल्य हुनुहुन्छ…।’ अर्जुनको यस्तो कुरा सुनेर उर्वशीले भनिन् – ‘तिम्रो बचन नपुंसकको जस्तो छ, अत: म तिमीलाई श्राप दिन्छु कि तिमी १ वर्षसम्म पुंसत्वहीन रहन्छौ…।’ यसरी उर्वशीको सम्बन्धमा थुप्रै कथाहरु पुराणहरुमा छन्।

मेनका : मेनकाले आफ्नो रुप र सौन्दर्यको प्रभावले तपस्यामा लीन विश्वामित्रको तप भङ्ग गरिन्। विश्वामित्र सबै कुरा छोडेर मेनकाको प्रेममा डुबे। मेनकासँग विश्वामित्रले विवाह गरे र मेनकाबाट एक सुन्दर कन्या भयो जसको नाम शकुन्तला राखियो। शकुन्तला सानै थिईन्, त्यतिबेला नै मेनका शकुन्तला र विश्वामित्रलाई छोडेर फेरि इन्द्रलोक गईन्। यसै पुत्रीको पछि सम्राट दुष्यन्तसँग प्रेम विवाह भयो, जसबाट उनलाई पुत्र प्राप्त भयो। यहीं पुत्र राजा भरत थिए।

मरुद्गणको कृपाले भरतले भारद्वाज नामक पुत्र प्राप्त गरे। भारद्वाज महान ऋषि थिए। चक्रवर्ती राजा भरतको उल्लेख महाभारतको आदिपर्वमा पनि छ। भरतको कुलमा राजा कुरू भयो र उनीबाट कौरव वंशको स्थापना भयो। कुरूको वंशमा शान्तनुको जन्म भयो। शान्तनुले गंगा र सत्यवतीसँग विवाह गरे। यसको मतलब उर्वशीको वंशलाई पछि मेनकाले अगाडी बढाईन्।

पुंजिकस्थला : उर्वशी र मेनकाले पुरुरवाको वंशको अगाडी बढाएका थिए भने पुंजिकस्थलाले वानर वंशलाई नयाँ आयाम दिएकी थिईन्। माता अन्जनीबाट हनुमानको जन्म भएको कथा त सबैले सुन्नुभएको होला तर धेरै कमलाई मात्र थाहा होला कि माता अन्जनी इन्द्रको दरबारमा पुंजिकस्थला नामक एक अप्सरा थिईन्। पुंजिकस्थलाले तपस्या गरिरहेका एक तेजस्वी ऋषिसँग अभद्र व्यवहार गरेकी थिईन्। क्रोधमा आएर ऋषिले पुंजिकस्थलालाई ‘तिमी वानर जस्तै स्वभाव भएकी वानरी बन’ भनेर श्राप दिए। ऋषिको श्राप सुनेर पुंजिकस्थला ऋषिसँग क्षमा याचना माग्न थालिन्। ऋषिले उनीमाथि दया देखाए र भने तिम्रो त्यो रुप पनि परम तेजस्वी हुनेछ। तिमीबाट एक पुत्रको जन्म हुनेछ जसको कीर्ति र यशले तिम्रो नाम युगौं-युगसम्म अमर रहनेछ। यसरी अन्जनीले वीर पुत्रको आशिर्वाद पाईन्।

श्रापित भएपछि पुंजिकस्थला धर्तीमा आईन्। यसैक्रममा उनको भेट केसरीसँग भयो र दुवैजना एक-अर्काको प्रेममा परे। दुवैले विवाह गरे। केसरी र अन्जनीले विवाह त गरे तर सन्तान सुखबाट वञ्चित थिए। तब मतंग ऋषिको आज्ञा शिरोपर गर्दै अन्जनीले तप गरिन्। अन्जनीको तपस्याबाट प्रसन्न भएर वायु देवताले उनलाई वरदान दिए, कि तिम्रो सूर्य, अग्नि एवं सुवर्ण समान तेजस्वी, वेद-वेदांगहरुका मर्मज्ञ विश्वन्द्य महाबली पुत्र हुनेछ। पवनदेवको कृपाले पुंजिकस्थलालाई एक पुत्र प्राप्त भयो जसको नाम आंजनेय राखियो जो पछि बजरंगबली र हनुमानको नामले प्रसिद्ध भए।

तिलोत्तमा : तिलोत्तमा स्वर्गकी परम सुन्दरी अप्सरा थिईन्। तिलोत्तमाको बारेमा थुप्रै कथाहरु पुराणमा पाइन्छ। हिरण्यकशिपुको वंशमा निकुम्भ नामक एक असुरको उत्पन्न भएको थियो। जसका सुन्द र उपसुन्द नामक दुई पराक्रमी पुत्र थिए। उनका तपबाट प्रसन्न भएर ब्रह्माजीले उनीहरुलाई वर माग्न भने। दुवै असुरले ब्रह्माजीलाई अमरत्वको वर मागे तर ब्रह्माजीले दिन इन्कार गरे।

यस्तोमा दाजुभाईले आपसमा विचार विमर्श गरे। दुवैले सोचे कि हामी दुवै जना एक-अर्कालाई धेरै माया गर्छौं र हामी आपसमा कहिल्यै लड्दैनौं पनि। उनीहरु दुईमा पूर्ण विश्वास थियो कि उनीहरु एक-अर्काको खिलाफ केही पनि गर्दैनन्। यसकारण उनीहरु दुवैले ब्रह्माजीलाई भने कि हामी एक-अर्का बाहेक यस त्रिलोकमा हामीलाई कसैले पनि मार्न नसकून्। ब्रह्माले भने – तथास्तु।

दाजुभाई सुन्द र उपसुन्द मिलेर त्रिलोक्यमा अत्याचार गर्न सुरु गरे, जसका कारण सबैतिर हाहाकार मच्चिन थाल्यो। यस्तो भयानक स्थिति बुझेर ब्रह्माले दाजुभाईलाई आपसमा लडाउनको लागि तिलोत्तमा नामकी अप्सराको सृष्टि गरे। ब्रह्माको आज्ञा पाएर तिलोत्तमा सुन्द र उपसुन्दको निवास स्थान विन्ध्य पर्वततिर प्रस्थान गरिन्। एक दिन दाजुभाईले तिलोत्तमालाई टहल्दै र गीत गाउँदै गरेको अवस्थामा देखे र तिलोत्तमाको रुपमा मुग्ध भई दुवैको होश हवाश ठाउँमा रहेन । जब उनीहरु होशमा आए सुन्दले उपसुन्दलाई त्यो अप्सरा आजबाट मेरी पत्नी भएको बताए। यो सुनेर उपसुन्द भड्किए र उनले भने तिमी एक्लैले यो निर्णय कसरी लिन सक्छौं। पहिले उसलाई मैले देखेको हुँ। यसकारण ऊ मेरी अर्धांगिनी हुनेछे।

त्यसपछि अरु के चाहियो। दुवैजना बाल्यकालदेखि नै एक-अर्काको लागि ज्यान दिन तयार रहन्थे तर अहिले उनीहरु एक-अर्काको ज्यान लिन लड्न थाले। लामो समयसम्म उनीहरुबीच लडाई चल्यो र अन्तत: उनीहरु दुवैजना एक-अर्काको हातबाट मारिए।

घृताची अप्सरा : घृताची प्रसिद्ध अप्सरा थिईन्। यो भनिएको छ कि एक पटक भारद्वाज ऋषिको तपस्या भंग गर्नको लागि इन्द्रले उनलाई पठाएका थिए। भारद्वाज गंगामा स्नान गरी आफ्नो आश्रमतिर आउँदै थिए त्यति नै बेला उनको नजर घृताची माथि पर्यो जो नदीमा स्नान गरी बाहिर निक्लिरहेकी थिईन्। पानीले भिजेको वस्त्रमा उनको कामुक तन र पूरा अंग देखेर भारद्वाज मुनि त्यहीं रोकिए। उनले आफ्नो नेत्र बन्द गरी स्वयमलाई नियन्त्रण गर्ने प्रयास गरे तर यस्तो गर्नमा उनी असफल रहे। आँखा खोलेर उनी अप्सराको रुप र सौन्दर्य निहार्न थाले। कामवासनाले पीडित भारद्वाजको अप्सरालाई हेर्दा-हेर्दै वीर्यपात भयो। आफ्नो वीर्यलाई उनले माटोको भाँडोमा राखे जसबाट द्रोणाचार्यको जन्म भयो।

पौराणिक कथा अनुसार घृताची कश्यप ऋषि तथा प्राधाकी पुत्री थिईन्। पौराणिक मान्यता अनुसार घृताचीले धेरै पुरुषहरुसँग समागम गरेकी थिईन्। यो भनिएको छ कि विश्वकर्माबाट पनि घृताचीलाई पुत्र प्राप्त भएको थियो। रौद्राश्वबाट घृताचीको दश पुत्र र दश पुत्री उत्पन्न भएका थिए। कन्नौजको नरेश कुशनाभले उनको गर्भबाट सय कन्या उत्पन्न गरेका थिए। महर्षि च्यवनका पुत्र प्रमितिले घृताचीको गर्भबाट रुरु नामक पुत्र उत्पन्न गरेका थिए। घृताचीको सुन्दर शरीर निहार्दा मात्र वेदव्‍यास ऋषि कामाशक्‍त भएका थिए र जसकारण शुकदेव उत्‍पन्‍न भयो।

यसरी अप्सराको मादक जालमा फँसेर ऋषिले आफ्नो तप छोडेर संसारमा आफ्नो वंशको वृद्धि गरे। त्यसैगरी उपरोक्त अप्सराहरुका अरु थुप्रै कारनामाहरु छन्। यस बाहेक निम्नलिखित अप्सराहरुले पनि धर्तीमा आई मनुष्य जातिलाई आफ्नो जालमा फँसाई धेरै पुत्र र पुत्री जन्म दिए। यो भनिएको छ कि मनुष्यको आधा जनसंख्या उनका नै सन्तान हुन्।

अन्य अप्सराहरु  : कृतस्थली, प्रम्लोचा, अनुम्लोचा, वर्चा, पूर्वचित्ति, अम्बिका, अलम्वुषा, अनावद्या, अनुचना, अरुणा, असिता, बुदबुदा, चन्द्रज्योत्सना, देवी, घृताची, गुनमुख्या, गुनुवरा, हर्षा, इन्द्रलक्ष्मी, काम्या, कर्णिका, केशिनी, क्षेमा, लता, लक्ष्मना, मनोरमा, मारिची, मिश्रास्थला, मृगाक्षी, नाभिदर्शना, पूर्वचिट्टी, पुष्पदेहा, रक्षिता, ऋतुशला, साहजन्या, समीची, सौरभेदी, शारद्वती, शुचिका, सोमी, सुवाहु, सुगंधा, सुप्रिया, सुरजा, सुरसा, सुराता, उमलोचा, शशि, कांचन माला, कुंडला हारिणी, रत्नमाला, भू‍षणि आदि।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७१२:४०

यी ४ राशि हुनेहरु ज्यादै स्वार्थी हुन्छन्, प्रेममा परेपछि पुरानो साथीलाई समेत लत्याउँछन् !