काठमाडौँ,। प्राय हामी सबैको घरमा आलुको परिकार पाकिरहन्छ । आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । हरेक परिकारम मिल्ने भएकाले आलुलाई नै तरकारी भन्ने गरिन्छ । तर निकै स्वादिलो मानिने तरिकारी आलु विष पनि बन्न सक्छ । आलुमा पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने भएकाले भिटामीन सी, भिटामिन बी, पोटासियम र म्यानगनिजको मात्रा पनि धेरै पाइन्छ ।
आलुलाई भुटेर तारेर पकाएर उसिनेर पोलेर खान मिल्ने भएकाले आलुमा अत्याधिक मात्रामा क्यालोरी उर्जा प्राप्त हुन्छ । तर आलु खाँदा ध्यान पुर्याउन सकिएन भने स्वास्थ्यको लागि हानिकारक पनि हुन सक्छ । आलु उसै पनि माटोमुनी फल्ने भएकाले राम्रसँग धोइ पखाली नगरि खानु हुँदैन् । विशेष गरेर आलु खाँदा आलुको हरियो भाग खान हुँदैन् । आलुमा विभिन्न किसिमको रंग देखिने गर्छ । कालो, निलो, खैरो, बैजनी जस्तो रंग देखिने आलु खानको लागि लायक हुँदैन् । यस्तो आलुमा न्यूरोटक्सिनको मात्रा बढेको कारण यस्तो आलु खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
हेरौँ के के हुन त आलु खाएमा देखिने समस्याहरु :
१.हरियो आलु हुन्छ खतरनाक : हरियो रंगको आलु खानु निकै खतरनाक मानिन्छ । हरियो आलु खानु क्यान्सरको कारण पनि बन्न सक्छ । आलु घाम लाग्ने ठाउँमा राख्दा सिधै आलुमा घामको किरण पर्ने भएकाले आलु हरियो हुन्छ । त्यसकारण आलुलाई माटोबाट निकालेपछि चिसो ठाउँमा राख्नुपर्छ । जहाँ घामको किरण छ्टिै पस्न नसकोस् ।
हरियो आलुको खानाले क्यान्सको हुन सक्छ : हरियो आलुमा क्यालोरोफिल र सोलनिन नामको एसिड बढी हुने भएकाले यसको सेवन गर्दा उल्टी हुने, डाइरिया हुने, टाउको दुख्ने जस्ता समस्या देखिने गर्छ । यसरी हरियो रंगको आलु खाएको २० मिनेटमा नै यसको असर देखिने गर्छ ।
२.चाउरी परेको आलु खानु हुँदैन् : कहिले काही लामो समयसम्म आलु नखादा आलु चाउरी पर्छ । यस्तो आलु खाँदा स्वास्थ्यको लागि निकै हानिकारक रहेको छ । चाउरी परेको आलुको सेवनले टक्सिन पैलने गर्छ ।
३.टुसा उम्रेको आलु खानु हुँदैन् : टुसा उम्रिएको आलु स्वास्थ्यको लागि हानिकार रहेको छ । आलुमा उम्रिएको टुसाले सोलनिन र ग्लाइकोलोकाल्डस नामक एसिड परिवर्तन हुने हुँदा यसले स्नायु प्रणलीमा हानी पुर्याउँछ । त्यसैले टुसा उम्रिएको आलु बिउ रोप्नको लागि राम्रो भएपनि खानको लागि राम्रो हुँदैन् ।