यसरी घरमै बनाउनुहोस् पिरो–अमिलो छोयला !

छोयला नेपालमा खुबै चलेको परिकार हो । विभिन्न मासुका छोयला बनाउन सकिन्छ । चिकेन, बफ, हाँस, मटनलगायत छोयला नेपालमा बढी खाइन्छ । अझ बढी त बफ छोयला नै बिक्री हुन्छ । आफूलाई मनपर्ने मासुको छोयला घरमै बनाउन सकिन्छ ।

के–के  चाहिन्छ ?
बफ, मटन, चिकेन या आफूलाई मन पर्ने एक किलो मासु (बासो नभएको, मन पर्ने भए छाला राख्न सकिन्छ), रातो खुर्सानी ५० ग्राम, लसुन ५० ग्राम, अदुवाको पेस्ट ५० ग्राम, जिरा एक चम्चा, धनियाँ एक चम्चा, मरिच आधा चम्चा, टिमुरको धुलो आवश्यकताअनुसार, नुन–बेसार इच्छाअनुसार, हरियो लसुन आवश्यकताअनुसार, तोरीको तेल ५० ग्राम ।

कसरी बनाउने ?
-मासु सफा गरेर चेप्टो तथा लामो पिस तयार गर्ने ।
-नुन र बेसारमा राम्रोसँग मोल्ने ।
-राम्रोसँग मोलिएको मासुलाई आधा घन्टासम्म त्यसै रहन दिने ।
-गोल, कोइला या ग्यासमा एउटा जाली राख्ने र मोलेर तयार पारिएको मासुलाई राम्रोसँग सेक्ने ।
-सेकेको मासुमा उपलब्ध सबै सामग्री, जस्तै ः धुलो रातो खुर्सानी, लसुन, अदुवा, जिरा, धनियाँ, मरिच, टिमुर राख्ने । साथै, तेल पनि तताएर राख्ने ।
-सबै सामग्री मिसाएको मासुलाई मजासँग मोल्ने, मसलाजन्य सामग्री मासुमा राम्रोसँग लाग्न पाओस् ।
-स्वाद मन पर्छ भने थोरै कागती पनि राख्न सकिन्छ । जाडोमा चट्ट पिरो र अमिलो स्वादको छोयला खान खुब मजा हुन्छ ।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७१४:१६

धेरै फेशियल अनुहारको लागि खतरनाक, भोग्नुपर्छ यस्ता दुष्‍पर‍िणाम !