भारतमा कोरोना नियन्त्रण बाहिर जाँदै: सर्वाधिक संक्रमण देखिएको नवौं देश बन्यो !

एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमण तत्काल नियन्त्रणमा नआउने देखिएको छ। पछिल्ला दिनहरुमा संक्रमणदर बढ्ने क्रममा नरोकिएसँगै भारत विश्वभर उच्च संक्रमण देखिएका देशको सूचीमा भारत नवौं स्थानमा उक्लिएको छ। बिहिबार एकै दिन ७ हजार भन्दा बढी संक्रमित फेला परेसँगै भारत कोरोनाबाट उच्च प्रभावित देशहरुको सूचीमा एक स्थान माथि उक्लिएको हो।

त्यहाँ कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको छ। बितेको २४ घण्टामा मात्रै भारतमा ७ हजार ३ सय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार ३ सय ८६ पुगेको छ।

भारत अहिले एकै दिन धेरै कोरोना संक्रमित फेला चौंथो मुलुक पनि बन्न पुगेको छ। बितेको २४ घण्टामा भारतमा भन्दा बढी संक्रमित अमेरिका, ब्राजिल र रसियामा मात्रै फेला परेका छन्।

यस्तै बितेको २४ घण्टामा त्यहाँ १ सय ७७ जनाको ज्यान पनि गएको छ। यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ७ सय ११ पुगिसकेको छ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ। केहि दिन देखि भारतमा ७ हजार भन्दा बढी संक्रमित फेला परिरहेका छन्।

प्रकाशित : शुक्रबार, जेठ १६, २०७७०३:०१

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का