रोहिणी नक्षत्रमा सूर्यको प्रवेश, यी ४ राशिलाई सबै भन्दा बढी लाभ !

गत सोमबारबाट सूर्य रोहिणी नक्षत्रमा प्रवेश गरेको छ। सूर्यको नक्षत्र परिवर्तनले पृथ्वीमा धेरै असर पार्ने ज्योतिषीहरु बताउँछन्। साथै सूर्यको नक्षत्र परिवर्तनले हरेक राशिलाई पनि असर पार्ने हुन्छ। जस कारण हरेक राशिलाई फरक-फरक फल मिल्छ।

सूर्य रोहिणी नक्षत्रमा प्रवेशका कारण सबै भन्दा धेरै निम्न राशि हुनेहरुलाई लाभ मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

रोहिणी नक्षत्रमा सूर्यको प्रवेश सँगै वृष राशि हुनेहरुलाई अध्याधिक लाभ मिल्नेछ। रोकिएका सम्पूर्ण कार्य सुचारु हुनेछन् भने नयाँ कार्य थालनीको लागि पनि मौका मिल्नेछ। स्वास्थ्यमा सुधार हुँदा उर्जा बढेर जानेछ भने सामाजिक प्रतिष्ठामा पनि वृद्धि हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

रोहिणी नक्षत्रमा सूर्यको प्रवेश कन्या राशि हुनेहरुको लागि पनि धेरै लाभप्रद रहने देखिन्छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने सफल भइएला। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्ने देखिन्छ। प्रियजनसँगको भेटघाट हुन सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

रोहिणी नक्षत्रमा सूर्यको प्रवेशले मकर राशि हुनेहरुको आर्थिक अवस्थामा सुधार ल्याउनेछ। नयाँ क्षेत्रमा लगानी तथा साझेदारीको लागि समय उचित हुन सक्छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्ला। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउन सक्ला। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

सहयोगीहरूले राम्रो साथ दिँदा धेरै काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। साहसी काम गरेर अरूको मन जित्न सफल भइएला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुन सक्ला।

प्रकाशित : शुक्रबार, जेठ १६, २०७७०३:५४

यी राशिले आफ्नै राशिमा भेट्छन् सच्चा प्रेम !