एजेन्सी – बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले दक्षिण एसियामा नेपाल एक मात्र स्वतन्त्र देश रहेको थाहा पाउँदा आश्चर्यमा परेको बताएका छन् ।
बिहिबार एक ट्वीट गर्दै उनले नेपाल दक्षिण एसियाको एक मात्र स्वतन्त्र देश हो भनेर थाहा पाउँदा आश्चर्य लागेको बताएका हुन्। यस्तै उनले बुद्ध जन्मिएको देश भएको विषयले पनि आफूलाई आश्चर्यमा पारेको बताएका छन्।
धेरै साना राज्यमा विभाजित रहेको भारतलाई बेलायतीहरुले एकजुट गराएर एकीकृत भारत बनाएको पनि उनले ट्वीटमा उल्लेख गरेका छन्। उनका अनुसार भारत बेलायतीहरुले बनाइदिएका हुन्।
“नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश भएको थाहा पाउँदा म आश्चर्यचकित परें। भारत धेरै साना राज्यहरूमा खण्डित भएको थियो र ब्रिटिशहरूले ती सबैलाई एकीकृत गरेका थिए। त्यसोभए वास्तवमा अंग्रेजहरूले भारत बनाएका थिए।”,उनले ट्वीट गर्दै लेखेका छन्।
उनको ट्वीटमा प्रतिक्रिया दिँदै नेपालीहरुले उनलाई धन्यवाद दिएका छन्। सत्यको पक्षमा उभिएको भन्दै नेपालीहरुले उनलाई समर्थन गरेका छन्। केहि भारतीयहरुले उनको आलोचना गरेता पनि धेरै जस्तोले भने उनको ट्वीटमा सकारात्मक टिप्पणी गरेका छन्।
बलिउडका केहि चलचित्रहरुमा अभिनय मात्र नभई निर्माण समेत गरेका उनी चलचित्र रिभ्युको लागि पनि चर्चित छन्। युट्युब मार्फत उनले रिलिज भएका चलचित्रहरुको समिक्षा गर्दै आफ्नो धारणा राख्ने गरेका छन्।
I am surprised to know that Nepal is the first ever independent country of South Asia and #Buddha was from Nepal only. India was Fragmented in many small states and Britishers brought all of them together to unified India. So actually Britishers made India.
— KRK (@kamaalrkhan) May 28, 2020