चमेराहरु आखिर किन उल्टो झुण्डिएर बस्छन् ? यस्तो रहेछ खास कारण !

तपाईंले चमेरो त पक्कै देख्नु भएको छ होला। यो आकाशमा उड्ने एक स्तनपायी  हो। यी रूखहरू वा  गुफाहरूमा उल्टो परेर झुन्डिएका हुन्छन्। तर के तपाईंलाई थाहा छ तिनीहरू किन उल्टो परेर झुन्डिएर बस्छन् , किन सिधा बस्दैनन् ? वास्तवमा, यस पछाडि एक ठुलो कारण छ, जुन् थाहा पाउनुभयो भने तपाईं  चकित हुनुहुनेछ।

तपाईंलाई सायद यो कुरा थाहा छैन होला कि चमेरो एक मात्र स्तनपायी  जीव हो जो उड्न सक्छ। यिनीहरू राति पनि उड्न  सक्छन्। संसारभर १०० भन्दा बढी प्रजातिहरूका चमेरा पाइन्छन्। यी प्रजातिहरूमा केहि रगत पिउने चमेरो पनि  हुन्छन्। यस कारणले गर्दा तिनीहरूलाई ‘भ्याम्पायर ब्याट्स’ पनि भनिन्छ।

विश्वभर भेटिने चमेराहरुमा प्रायः चमेराहरू खैरो वा कालो रंगको हुन्छन्। वैज्ञानिकहरूका अनुसार, करिब १० करोड वर्ष अघि डायनासोरको समयमा पनि पृथ्वीमा चमेराहरू थिए र आज पनि पृथ्वीमा तिनीहरूको अस्तित्व छ।

त्यसो भए आखिर किन चमेरो उल्टो झुण्डिन्छ त ? यसको कारण भनेको उल्टो रहँदा  तिनीहरू धेरै सजीलोसँग उड्न सक्छन् । वास्तवमा, चमेरो बाँकी चराहरु  जस्तो जमिनबाट उड्न सक्दैनन् , किनभने तिनीहरूले पखेटाको भरमा उडानको लागि चाहिने उचाई प्राप्त गर्न सक्दैनन् । त्यस्तै , तिनीहरुको पछाडिको खुट्टा पनि छोटो र अविकसित हुन्छ, जसको कारण तिनीहरु दौडन र गति लिन सक्दैनन् ।

वास्तवमा, चमराहरु सुत्दा पनि उल्टै निदाउँछन् । अब तपाईंले सोच्नुहोला कि, तिनीहरू आफ्नो सन्तुलन गुमाउँदैनन्  त ? बी.बी.सी का अनुसार यसको कारण यो हो कि तिनीहरूको खुट्टाको नशाहरू यस्तो तरिकाले मिलेको  हुन्छन् कि तिनीहरूकै  वजनले पञ्जालाई मजबूतसँग   पक्रन मद्दत गर्छ ।

प्रकाशित : शुक्रबार, जेठ १६, २०७७१०:२९

जन्मेको २४ घण्टा भित्र शिशु किन रुनै पर्छ ? नरोए के हुन्छ ? हेर्नुहोस !