काठमाडौँ – शुक्रबार एकै दिन १ सय ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
एकै दिन पुष्टि भएको यो संख्या हाल सम्मकै उच्च हो। यस भन्दा अगाडी सबै भन्दा धेरै बिहिबार १ सय ५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।
शुक्रबार झापामा २८, सप्तरीमा ४, बारामा ४,पर्सामा ५, सर्लाहीमा १, म्याग्दीमा १, बाँकेमा १०, कपिलवस्तुमा ६, कपिलवस्तुमा ८४, रौतहटमा ५६, सर्लाहीमा ४, कपिलवस्तुमा १६, दाङमा २ कपिलवस्तुमा ९ जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। शुक्रबार म्याग्दी जिल्लामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै नेपालका ५२ जिल्लामा कोरोना पुगेको छ।
बिहिबार कोरोना भाइरस पुष्टि भएका मध्ये १ सय ६५ जना पुरुष र ५ जना महिला रहेका छन्। यससँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।
यस्तै शुक्रबार थप १९ जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन्। जससँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ। निको भएर घर फर्किने मध्ये १ सय ६२ जना पुरुष र ४४ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिए।