हरिया सागसब्जी र फलफूलको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको छ। त्यसैले धेरैले स्वस्थ रहनका लागि फलफुल तथा जुसको सेवन गर्ने सल्लाह दिने गर्छन। त्यस्तै बिरामी र अस्वस्थ भएको समयमा पनि ठुला ठुला डाक्टरहरुले जुसको सेवन गर्ने सल्लाह दिने गर्छन। तर के वास्तवमै जुसको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ त ? जुसको सेवन गर्नु बिरामीका लागि अमृत समान त हुन्छ तर रोगको पहिचान गर्न नसकी सेवन गर्नाले जुस बिरामीका लागि बिष पनि बन्न सक्छ।
बिरामी भएको बेलामा हामी बिना सोची सम्झी जस्तो पायो त्यस्तै जुस खाने गर्छौं तर यो कुनै बेला रोग अनुसार जुसको पहिचान गर्न नसक्दा प्राणघातक समेत हुन् सक्छ। यसै क्रममा आज हामी कस्तो रोगका बिरामीका लागि कस्तो खालको जुसको सेवन गर्नु गलत हो या सहि यसको बारेमा बताउन जादै छौं आउनुहोस
पोलियो
पोलियोको समस्या भएकाहरुका लागि कालो अंगुर , मौसम ,सुन्तला आदिको जुस पिउनु आवश्यक छ। मेवा या सब्जीको जुसले पोलियोको समस्या बढाउने खतरा हुन्छ।
दम
लसुन, अदुवा , लौका ,जुस आदिको जुसको सेवन दम रोगीका लागि राम्रो मानिन्छ। मेवा , गाढा जुस , चुकन्दरको जुस दम रोगिका लागि खतराजनक छ साथमा दमका रोगीले घ्यु तथा मख्खनबाट टाढा नै रहनुपर्छ।
रगत सफा बनाउनका लागि
रगत शुद्ध नहुनाले पनि स्वास्थ्यमा अनेक प्रकारका समस्या निम्तन सक्छ। यसका लागि ताजा सब्जी गाजर , कोभी , चुकन्दर , काँक्रो , पालक आदिको जुस पिउनु आवश्यक छ। तर यी सब जुस ताजा मात्र सेवन गर्नु आवश्यक छ। बासी जुसको सेवनले अझ स्वास्थ्य बिग्रने खतरा हुन्छ।
भोक नलाग्ने समस्या
भोक नलाग्ने तथा कम भोक लाग्ने समस्या भएकाहरुका लागि हरेक दिन बिहान खलिपेटमा निबुवाको पानी खानु फाइदाजनक रहेको छ।
लो ब्लड प्रेसर
रक्तचापको समस्या भएका बिरामीका लागि उखुको जुस पिउनु आवश्यक छ। यस समयमा काँचो फलको जुस सेवन गर्नाले अझ समस्या बढ्ने खतरा रहन्छ।
एसिडिटी
एसिडिटीले ग्रसित भएकाका लागि गाजर, पालक, काँक्रो, लगायतका जुस पिउनु प्रभावकारी हुन्छ ।
ब्रोकाइटिस
अदुवा , तुलसी , पुदिना , निबुवा आदिको जुसको सेवन ब्रोकाइटिसको समस्या भएकाका लागि लाभदायक रहेको छ। तर यसको समस्या भएकाका लागि गाढा जुस खानु हुदैन।
पत्थरी
पात भएका सब्जी र आइरनयुक्त जुसको सेवन खतरनाक हुन सक्छ। स्याउ , जाम , किवी आदिको जुसको सेवन पत्थरीको समस्या भएकाका लागि फाइदाजनक रहेको छ।
कमजोरीका लागि
चक्कर लाग्ने , अनावश्यक थकाई लाग्ने आदि समस्या भएकाहरुका लागि टमाटर तथा अमिलो फलफूल जस्तै सुन्तला , मौसम , अनार आदिको जुस पिउनु उपयुक्त छ।