यी ४ नराम्रा बानिका कारण गुम्न सक्छ आँखाको ज्योति, समयमै अपनाउनुस् सावधानी !

मानिसको लागि आखाको ज्योति दृष्टि निकै आवश्यक हुन्छ ।  दृष्टि बिना मानव जीवन कष्टपुर्ण हुन्छ।  त्यसैले कोहि पनि चाहदैनन् कि आफ्नो दृष्टि कमजोर  होस् ।  तर कुनै पनि असावधानीले दृष्टिमा समस्या हुन सक्छ। प्राय तपाईले घरको वृद्दबाट सुन्नु भएको होला कि धेरै टिभी हेर्दा वा मोबाइल चलाउदा  आँखा कमजोर हुन्छ ।   तर तपाईको जीवनशैलीमा  केहि यस्तो बानि हुन्छ जसले  दृष्टिलाई असर पुग्छ।  यदि स्थिति धेरै बिग्रो भने दृष्टिहीन हुन सक्छौ।

धूम्रपान


यो  लिस्टमा सबैभन्दा पहिलो नाम धुम्रपान हो ।  धुम्रपान तपाईको स्वास्थ्यको लागि निकै हानिकारक छ। यो क्यान्सरको मुख्य कारण पनि बन्छ। के तपाईलाई थाहा छ कि चुरोटले तपाइको  दृष्टिलाई प्रभावित गर्छ।  यसले ब्लड भेसललाई बाधा पुर्याएर शरीरमा  अक्सीजनको  प्रवाहलाई  सीमित गर्छ।  यसले आँखासम्म पर्याप्त रगत पुर्याउदैन।  यसको परिणाम स्वरूप दृष्टिहीन हुनसक्छ।

कन्ट्याक्ट लेन्स


पछिल्लो समय धेरै मानिसले चस्माको सट्टा कन्ट्याक्ट लेन्सको प्रयोग गर्छन्।  साथै यो अहिलेको फेशन पनि बनेको छ । तर तपाईलाई थाहा छ लेन्स प्रयोग गर्दा आँखालाई असर पर्छ।  यदि तपाई लगातर आँखामा लेन्स हाल्नुहुन्छ भने यसले तपाईको आँखामा अक्सीजन पुर्याउन दिदैन । तपाईले आफ्नो लेन्सको सरसफाईमा निकै नै  ध्यान दिनुपर्छ।

औषधी


कुनै औषधि यस्तो हुन्छ जसलाई लगातर प्रयोग गर्यो भने दृष्टि कमजोर हुन्छ।  बलियो आखाको ज्योतिको लागि  यो जरुरि छ कि शरीरमा  रक्त प्रवाह सही तरिकाले होस्।  केहि औषधि यति कडा  हुन्छ कि जुन सेवन गर्नाले आँखा भित्र रगत जम्छ। यदि तपाई पनि  हाइ डोज मेडिसिन लिनु हुन्छ भने यस विषयमा डाक्टरलाई अवस्य जानकारी दिनुहोस।

सूर्यास्त


सूर्यास्त एक निकै सुन्दर समय हो। यदि तपाई लामो समयसम्म सुर्यास्त हेर्न रुचाउनुहुन्छ भने यो बानी खतरनाक हो।  अध्ययन अनुसार प्रमाणित छ कि सूर्यास्तको  समय घाम हेर्नाले तपाईको आँखाको ज्योति जान सक्छ। यदि तपाईलाई यो हेर्न मन पर्छ भने आजै देखि हेर्न छोड्नुहोस्। यदि यो दृश्य मनपर्छ भने चस्मा लगाएर हेर्नुहोस्।

प्रकाशित : शुक्रबार, जेठ १६, २०७७११:५४

आँखामा जम्मा भएको कोलेस्ट्रोलबाट मुक्ति पाउन अपनाउनुहोस् यी घरेलु उपायहरु !