कुनै बेला गलत खानपानका कारण आँखाको तल कलेस्ट्रोल जम्मा हुन् थाल्छ।सामान्यतया यो कुनै जटिल समस्या त हैन तर पनि यसले अनुहारको सुन्दरतालाई बिगार्छ। कुनै मानिसको आँखामा मासु पलाएको सम्भवत तपाइले देख्नु भएकै होला। यो एक साधारण समस्या हो र तर अधिकांश मान्छे यस्ता समस्यासंग अनविज्ञ रहन्छन्। यदि तपाईलाई पनि यस्तो भएको छ भने तपाईले यस्तो घरेलु उपायले यसलाई समाप्त गर्न सकिन्छ।
लसुन
कोलेस्ट्रोल कम गर्नको लागि लसुन निकै उपयोगी हुन्छ । तपाईले यसको सेवन बढाउन सक्नुहुन्छ साथै नियमित रूपमा १५ मिनेट लसुनको पेस्ट आँखाको तल लगाउनाले राहत मिल्न सक्छ।
केराको बोक्रा
कोलेस्ट्ररोलको स्तर कम गर्नको लागि केराको बोक्राको प्रयोग गर्ने गरिन्छ।
स्याउको भेनिगर
स्याउको भेनिगरले शरीरमा भएको कोलेस्ट्रोलको स्तर कम गर्छ। यसलाई तपाई पानीमा हालेर पनि प्रयोग गर्न सक्नुहुन्छ।
मेथीको दाना
मधुमेह होस् वा कोलेस्ट्रोल , मेथीको दाना यी दुवैको लागि राम्रो मानिन्छ। मेथीको दानालाई रातभर पानीमा भिजाएर बिहान खाली पेटमा पिउनाले कोलेस्ट्रोल कम हुन्छ। तपाई मेथीको दानाको पेस्ट बनाएर पनि प्रयोग गर्न सक्नुहुन्छ।