यस्ता समस्या भएकाले व्रत बस्नै हुँदैन, निम्तिन सक्छ गम्भीर समस्या !

हिन्दु धर्ममा ब्रत एवम उपवास बस्नुको छुट्टै महत्व रहेको छ। हिन्दु धार्मिक शास्त्रमा यस्ता सयौं नीति नियमहरु बिध्यमान रहेका छन जहाँ भगवानलाई खुसि बनाउनका लागि मानिसहरु मुखमा एक घुट्को पानी नखाई पनि ब्रत बस्न तयार हुन्छन।  समय समयमा ब्रत बस्नु नराम्रो कुरा पनि होइन भनिन्छ यो स्वास्थ्यका लागि फाइदाजनक रहेको छ तर त्यसो हो भन्दैमा नसकी नसकी ब्रत बस्नु भनेको  महाअपराध हो।  यसै सन्दर्भमा आज हामी कस्ता व्यक्तिका लागि ब्रत बस्नु स्वास्थ्यका लागि हानिकारक रहेको छ त भन्ने बारेमा तपाईहरुलाई केहि जानकरी दिन गईरहेका छौं आउनुहोस ,

मधुमेहका बिरामी 

मधुमेहका समस्या भएकाहरुका लागि समयमै आहार लिनु र औषधी सेवन गर्नु उपयुक्त हुन्छ। भोको रहनाले स्वास्थ्यमा थप समस्या निम्त्याउन सक्छ।

उच्च रक्तचाप 

उच रक्तचापको समस्या भएकाहरुले सकेसम्म ब्रत या उपवास नराख नै राम्रो हुन्छ किनकी ब्रत बस्नाले उनीहरुको स्वास्थ्यमा समस्या  देखिन थाल्छ।

मुटु रोगीका लागि 

खानपानमा ध्यान नदिएको खण्डमा मुटु रोगिहरुमा जस्तो सुकै समस्या पनि देखिन सक्छ त्यसैले उनीहरुले सकेसम्म ब्रत नराख्दा नै राम्रो हुन्छ साथमा फोक्सोको रोगिहरुका लागि पनि ब्रत नबस्दा नै राम्रो हुन्छ।

 मृगौलासम्बन्धी समस्या 

मृगौलाको रोग भएकाहरुले ब्रत राख्दा किड्नी फेल हुने सम्भावना हुन्छ।

एनिमियाको  समस्या 

एनिमिया भएकाहरुमा बढी शारीरिक थकान र आलस्यताको अनुभव हुने गर्छ त्यसैले यहि ठिक छ कि एनिमिया भएकाहरुका लागि ब्रत या उपवास नराख्दा नै राम्रो हुनेछ।

सर्जरी पश्चात 

सर्जरी गराए पश्चात शरीरमा भिटामिन र मिनारल्सको अभाव रहन्छ त्यसैले गर्दा यस्तो समयमा ब्रत नबस्दा राम्रो।

गर्भावस्था

गर्भावस्थामा कुनै पनि महिलालाई सामान्य भन्दा बढी मात्रामा पौष्टिक आहारको जरुरत पर्छ।  जसले गर्दा गर्भावस्थाको समयमा ब्रत बस्नाले आमा र बच्चा दुबैको स्वास्थ्यमा समस्या निम्तन सक्छ।

दुधे बालक भएकी महिला

दुध खाने बच्चा भएकी महिलाले पनि ब्रत नराख्दा नै उपयुक्त हुन्छ।  ब्रत बस्नाले बच्चाको बृद्धी र विकाशका लागि आवश्यक पर्ने पौष्टिक तत्वको कमि रहन पुग्छ।

प्रकाशित : शुक्रबार, जेठ १६, २०७७१२:००

साना-साना कुरामा रोइहाल्ने मानिसभित्र हुन्छ यस्ता अद्भुत क्षमता ! कतै तपाईमा पनि छ की ?