काठमाडौँ: – राशि चक्रको छैठौँ चिह्न कन्या हो। यी राशि भएका व्यक्तिहरु धेरै मेहनती हुन्छन। उनीहरुलाई काम गर्न र त्यसको प्रबन्धन गर्नमा आनन्द आउँछ। उनीहरु आफ्नो आक्रोश र समीक्षात्मक हुने कारण अक्सर मजाकको पात्र पनि बन्छन। तर उनीहरु कुनै पनि कुरालाई नराम्रो लिदैंनन र आफ्नो ध्यान दोस्रोको मद्दतमा केन्द्रित गर्छन। उनीहरु मानिसहरु उनको बारेमा के सोच्छन भन्ने कुरामा खासै चासो देखाउदैनन।
मेहनती र व्यवस्थित प्रकृतिका कन्या राशिका व्यक्तिहरु प्रत्येक कार्यमा आफै निगरानी राख्न चाहन्छन। उनीहरुमा कुशल र व्यावहारिक भएकै कारण कार्यस्थलमा धेरै राम्रो कर्मचारी साबित हुनेछन। उनीहरु आसपास रहदाँ कर्तव्यपरायणता स्वत: वातावरणमा फैलिन थाल्छ।
सन्तुलित र निष्पक्ष कन्या राशिका व्यक्तिहरु अनावश्यक रुपमा भावनामा बग्दैनन। चाहे जुन सुकै परिस्थितिमा पनि आफूलाई शान्त राख्न सफल हुन्छन। तर यदि सर्वश्रेष्ठ प्रयासको बाबजुद पनि सफलता मिलेन भने उनीहरुको दिल नराम्ररी टुट्छ।
आफ्नो काममा सावधान रहने कन्या राशिका व्यक्तिहरु शान्त, सुव्यवस्थित र अन्तर्यामी स्वभावका हुन्छन। उनीहरु चुनौतीको स्वीकार्नदेखि कहिल्यै टाढा हुदैनन्। उनीहरु आफ्नो कडा मेहनत र शान्त सङ्कल्पको साथ आफ्नो क्षमता साबित गरेरै देखाउँछन्।
र उनीहरु आफ्नो पूर्णता र स-साना कुराहरुमा ध्यान राखी सफलता हासिल गर्छन। उनीहरु संयमहीन हुदैनन् , तथापि ईमानदार र स्पष्टवादी कन्या राशिका व्यक्तिहरु तब झगडा या बहसमा सामेल हुन्छन जब उनीहरुको कसैले विरोध गर्छन। शायद यहीं कारणले उनीहरुको धेरै दुश्मन बन्छन।
उनीहरु द्रुतगामी र शारीरिक तथा मानसिक दुवै उर्जाले भरिएको, तेज दिमागका हुन्छन। शायद यहीं कारण उनीहरुमा धेरै कार्यहरु गर्न सक्ने सामर्थ्य राख्छ। उनीहरु राम्रो वार्ताकार हुन्छन र अधिकतम लाभ लिनको लागि आफ्नो तीक्ष्णताको उपयोग गर्छन। धेरै पटक उनीहरुमा सन्देहको भावनाहरु आउँछन्। उनीहरुमा मेहनती र सावधानीले विश्लेषण गर्ने खुबी हुन्छ। तर, कहिले पूर्णताको उनीहरुको आग्रहमा धेरै पटक उनीहरुको स्पष्ट सोच बीच बाटोमा आउँछ।
उनीहरु विशेषगरि आधारहरुमा विश्वास गर्ने वाला हुन्छन र विनम्र र सहज पनि हुन्छन। उनीहरु भौतिक सम्पतिबाट पनि आनन्द लिन्छन। उनीहरुको सबैभन्दा ठुलो शक्ति व्यावहारिकता, तेज दिमाग र सेवाको इच्छा हुन्। उनीहरु उत्कृष्ट संवेदनशील र विश्लेषणात्मक हुन्छन। उनीहरु घबराहटको कारण अक्सर विषादका शिकार हुन्छन। उनीहरुले धेरै मनोवैज्ञानिक समस्याहरुको सामना गर्नुपर्छ। उनीहरु जन्मजात चिन्ता लिने आचरणका हुन्छन।
हमेसा पूर्णताको चाहना राख्ने वाला कन्या राशिको मानिसहरुको जिन्दगीमा यदि केही चिजको कमी भएमा सजिलै निराश हुन्छन। उनीहरुलाई दुख यस कुराको हुन्छ कि उनीहरु अरुको कमजोरीलाईइ वेवास्ता गर्न सक्दैनन्। आफ्नो घर र आसपासको क्षेत्रको उनीहरुको लगाव यति धेरै हुन्छ कि यसै कारण उनका साथीहरु उनीहरुसंग क्रुद्ध हुन्छन।