काठमाडौँ – क्वारेन्टाइनमा बसेका एक युवकको दैलेखमा मृ-त्यु भएको छ। भारतबाट फर्केपछि क्वारेन्टाइनमा राखिएका एक युवकको शनिबार बिहान मृ-त्यु भएको हो।
मृ-त्यु हुनेमा दुल्लु नगरपालिका – ११ का ३५ वर्षीय युवक रहेका छन्। उनको दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृ-त्यु भएको बताइएको छ।
दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार उनी १० दिन अघि भारतको गुजरातबाट आएका थिए। शनिबार बिहान चिया-नास्ता खानेक्रममा ढलेको र उनको त्यहि मृ-त्यु भएको मेयर भण्डारीले बताए।
नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको उक्त क्वारेन्टाइनमा मृ-त्यु हुने युवक सहित ७९ जनालाई राखिएको थियो। क्वारेन्टाइनमा रहेका सबैको बिहीबार स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशाला पठाइएको थियो।
क्वारेन्टाइनमै मृ-त्यु भएका व्यक्तिमा कोरोना संक्रमण भएको हो अथवा होइन भन्ने पीसीआर परीक्षण रिर्पोट आएपछि मात्रै पुष्टि हुनेछ।