काठमाडौँ । यदि तपाई लामो समयदेखि बच्चाको योजना बनाउँदै हुनुहुन्छ तर धेरै वर्ष बितिसक्दा पनि कुनै शुभ खबर सुन्न नपाउनुमा तपाईको आहारको कारण पनि हुन् सक्छ । जसको कारण तपाईको प्रजनन क्षमतामा ह्रास आउँछ । तपाईलाई लागेको होला कि बाँझोपन र तपाईको आहार बीच कुनै सम्बन्ध छैन तर तपाईको सोच गलत छ ।
तपाईको आहारले सिर्फ तपाईको यौ-न जीवनमा मात्र होइन तपाईको पिता बन्ने सपना पनि चकनाचूर पार्छ ।
क्याफिन
चिया-कफीको सोख तपाईको लागि निकै घातक साबित हुन् सक्छ । सायद तपाई यस कुराबाट जानकार हुनुहुन्न होला कि चिया-कफीको चुस्कीले तपाईको यौ-न स्वास्थ्यमा नकारात्मक असर पार्दछ । एक दिनमा २ कप भन्दा बढी चिया-कफी पिउँदा पुरुषको प्रजनन कोषको स्वास्थ्यमा असर पार्दछ । यसबाट हुने हानिबाट बच्नको लागि एक दिनमा बढीमा २ कप मात्र चिया-कफी पिउनुहोला ।
जंक फूड
जंक फूडमा चिल्लो पदार्थ र चिनीको मात्रा अत्यधिक हुन्छ जुन पाचन प्रणाली, हृदय र प्रजनन कोषका लागि उपयुक्त हुदैन । यस प्रकारको खानाको कारण तपाईको शुक्रकीटको संख्याको विकासमा प्रतिकूल असर पर्छ ।
चिनीजन्य पेयपदार्थ
चिनीजन्य पेयपदार्थ जस्तै सोडा, इनर्जी ड्रिंक्स र कार्बोहाइड्रेट ड्रिंक्सको सौखिन पुरुषमा गरिएको एक अध्ययनले डरलाग्दो तथ्यको खुलासा गरेको छ । एक दिनमा एक भन्दा बढी चिनीजन्य या कार्बोहाइड्रेट पेयपदार्थ पिउँदा शुक्राणुको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने अध्ययनले खुलासा गरेको छ । यस्ता पेयपदार्थको सेवनले शरीरमा सुगर इन्सुलिन प्रतिरोधीको मात्रामा तुलनात्मक वृद्दि गरी स्ट्रेस पैदा गर्दछ । जसको कारण शुक्राणुको संख्या कम हुन्छ ।
चिल्लो दूधजन्य उत्पादन
चिल्लो पदार्थले भरपूर डेरीको उत्पादन जस्तै दूध र चिज आदिले शुक्राणुको गतिशिलतामा नोक्सान पुर्याउछ । एक दिनमा दुई पटक डेरीको उत्पादनको सेवन गर्दा जवान पुरुषहरुमा यस किसिमको नोक्सान हुन्छ ।
प्रशोधित मासु
मासुको सौखिन मानिसहरुले थाहा पाईराख्नुहोला कि प्रशोधित मासु खाँदा वीर्यको गुणस्तरमा नकारात्मक प्रभाव पार्छ । ह्यामबर्गर, हट डग आदिमा प्रयोग हुने प्रशोधित मासुले तपाईको शुक्राणु संख्यामा २३ प्रतिशत कम गर्छ । प्रशोधित मासु अत्यन्तै हानिकारक हुन्छ किनकी यसमा हर्मोनल अवशेष हुन्छ जसले प्रजनन प्रणालीमा असर पार्छ ।
एजेन्सी