आजकल मोजा बिना जुत्ता लगाउने एकप्रकारको फेशननै भैसकेको छ । यसरि मोजा बिना जुत्ता लगाउनेमा युवाहरु बढी देखिने गरेका छन् । बलिउड देखि हलिउड सम्मका एक्टर तथा सेलिब्रेटीबाट सुरुभै अहिले यो विश्वभरिका सामान्य मान्छेले समेत यस फेशनलाई पछ्याउदै आईरहेका छन् ।
आजका दिनहरुमा फेशनको रुपमा धेरै नयाँ कुराहरुले स्थान लिने गरेका छन् । यसरि फेशनका रुपमा बजारमा आउने यी कुराहरुले कोहीबेला मानब जीवनमा ठूलो असर पार्ने गरेका छन् । यस्ता कुराहरुको नकारात्मक असर बारे बुझ्न नसक्दा मानब स्वास्थलाई धेरै हानी पुर्याउने गर्छ ।
सामान्यतया एक दिनमा कुनै पनि व्यक्तिको खुट्टामा ३०० मिलीलीटर पसिना आउने गर्छ । यदि गर्मीको मौसममा मानिसहरु लामो समय पैदल यात्रा गर्दा खुट्टामा धेरै पसिना निस्किने गर्छ । यसरि खुट्टामा आउने धेरै पसिनाका कारण पांग्रामा फंगल इंफेक्शन हुने सम्भावना बढी हुने गरेको छ ताकी यसले मानिसको स्वास:प्रस्वास मा थप समस्या ल्याउने अर्थात धम्कि बढाउने सम्भावना हुने गर्छ । त्यसैले खुट्टामा आउने अधिक पसिना मानब शरीरको लागि घातक बन्न सक्छ ।
बिना मोजा जुत्ता लगाउने बानी छ भने यी कुराहरुमा ध्यान दिनुहोला:
चिकित्सकहरु बिना मोजा लगाउनु हानिकारक हुने बताउने गर्छन । तर थुप्रै युवाहरु यी कुराहरु ध्यान नराखी फेशनको नाममा नराम्रा कार्यहरुको सिको गर्ने गरेका छन् । बिना मोजा जुत्ता लगाउनु अगाडी तल दिईएका कुराहरुलाई ध्यान दिएर बुझ्नुहोला । कुनै समय बिना मोजा जुत्ता लगाउनुपर्ने अवस्था आएमा थोरै समयमा लगाउनु होला । लामो समय बिना मोजा जुत्ता लगाएर पैदल हिड्दा तपाईको खुट्टामा पसिनाका कारण विभिन्न इन्फेक्सन हुने र खुट्टामा घाउ समेत हुन सक्छ ।
बिना मोजा जुत्ता लगाउनु अगाडी आफ्नो खुट्टा राम्रो सँग धोएर एंटीपर्सिपरेंट स्प्रे गर्न जरुरि हुन्छ । यति गर्दागर्दै तपाईको खुट्टा दुखेको छ भने यसलाई बेवस्ता नगरी चिकिस्तकसँग परामर्श लिन जरुरि हुन्छ ।