मानिसहरु आफ्नो घरलाई सुन्दर र आकर्षक बनाउनको लागी अनेक तस्वीरहरु लगाउने गर्दछन् । वास्तु शास्त्रमा तस्वीरहरुको पनि एक अलग महत्व हुने गर्दछ । केही तस्वीर यस्ता हुन्छन् जसलाई लगाउनाले घरमा सकारात्मक उर्जा आउने गर्दछ। साथै केही यस्तो पनि हुन्छन् जसलाई घरमा लगाउनाले नकारात्मक ऊर्जा प्रवेश हुन थाल्दछ ।
बग्दै गरेको पानी या झरनाको तस्वीर:
घरमा कहिले पनि बग्दै गरेको पानी या झरनाको तस्वीर लगाउन हुदैन । यस्तो तस्वीर धन नोक्सानको प्रतीक मानिन्छ ।जुन घरमा यस्तो तस्वीर हुन्छ त्यहाँ धन कहिले पनि टिक्दैन ।
हिंसक जानवरको तस्वीर:
घरमा कहिले पनि हिंसक जानवरको तस्वीर राख्न हुदैन, यसबाट घरमा झगडा बढ्छ ।
रुदै गरेको बच्चाको तस्वीर:
कतीपय मानिसहरु घरमा रुदै गरेको बच्चाहरुको तस्वीर लगाउने गर्दछन् । यस्तो तस्वीर दुर्भाग्यको कारण बन्दछ, त्यसैले भुलेर पनि रुदै गरेको बच्चाको तस्वीर नलगाउनु होस् ।
डुब्दै गरेको जहाजको तस्वीर:
घरमा कहिले पनि डुब्दै गरको जाहजको तस्वीर लगाउनु हुदैन । यो पनि दुर्भाग्यको कारण बन्दछ ।