आफु जन्मेको बार र राशिअनुसार लगाउनुहोस् यी रत्न, चम्किनेछ भाग्य!

ज्योतिष विज्ञान अनुसार रत्न मानिसको राशिफल चिह्न, जन्ममिति र लुनार क्यालेन्डरको आधारमा प्रयोग गरिएका हुन्छन् । ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिसको जन्म कुण्डलीमा राम्रो तथा नराम्रो, कमजोर तथा बलियो दुवै ग्रह हुने गर्दछन् । यी ग्रहहरुलाई सन्तुलनमा राख्नको लागी रत्नले मद्दत गर्ने गर्दछ । यस्तै केही रत्नहरु रहेका छन् जसले जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव पार्ने गर्दछन् ।

१. मणिक रत्न :

मेष राशि र सिंह राशिहरुको लागी मणिक रत्न एक मूल्यवान पत्थर हो । यो रत्नको धारण यी दुई राशिहरुको लागी सकारात्मक र फलदायी मानिन्छ। यो रत्नले मेष राशि भएकाहरुलाई सन्तान प्राप्ति तथा बौद्धिक शक्तिलाई बढाउने गर्दछ भने सिंह भएका मानिसलाई सामर्थ्य प्रदान गर्नुको साथै आयु बढाउने काम गर्दछ । ज्योतिष अनुसार मणिक रत्न जुलाईमा जन्मिएका मानिसका लागि अति उत्तम मानिन्छ र आइतबार जन्म भएकाहरूको लागी पनि मणिक धारण फलदायी मानिएको छ:

कर्कट र वृश्चिक राशिहरुको लागी मोती रत्न धेरै उत्तम मानिन्छ । यसले कर्कट लग्न भएका मानिसमा दीर्घायु तथा समृद्धि ल्याउने छ भने वृश्चिक लग्न भएका मानिसलाई धन जोड्न मद्दत गर्ने गर्दछ । ज्योतिषी अनुसार मोती रत्न जुन महिनामा जन्मिएका मानिसका लागी निकै नै उत्तम मानिन्छ । सामान्यतया कर्कट राशि र सोमबार जन्मिएकाहरुको लागी यो मोती धारण फलदायी हुनेछ ।

३. मुगा रत्न :

वृश्चिक र मेष राशिहरुको लागी मुगा रत्न जन्म पत्थरको रूपमा लिइन्छ। ज्योतिष अनुसार जनवरीमा जन्मिएकाहरूका लागि मुगा धारण निकै नै उपयुक्त मानिन्छ । सामान्यतया वृश्चिक र मेष राशिको साथ-साथ मङ्गलबार जन्म भएकाहरूका लागी पनि मुगा रत्न निकै लाभदायी मानिन्छ ।

४. पन्ना रत्न :

वृष लग्न भएकाहरुलाई यो रत्नको धारणले धनलाभ एवम् ज्ञान वृद्धिमा सहयोग पुर्याउने गर्दछ । यो रत्न धनु राशिको लागी पनि सामान्य लाभदायक रहेको छ तर सिंह लग्नका लागि भने निकै राम्रो फलदायी मानिन्छ । साथै यसले धनु र मेष लग्नका मानिसको लागी भने पारिवारिक सुख एवम् व्यापार व्यवसाय बढाउन मद्दत गर्दछ । यो रत्न सामान्यतया बुधबार जन्म भएकाहरूका लागी फलदायी मानिन्छ।

५. पुष्पराज :

पुष्पराज रत्न धनु र मीन लग्नका मानिसको उन्नतिका लागि सहयोगी पत्थर मानिन्छ । यसले यी दुवै राशिका मानिसको दीर्घायुमा मद्दत पुर्याउने गर्दछ । प्रेम प्राप्तिका लागि भने यो रत्न मिथुन र कन्या लग्न भएकाहरूका लागि धेरै महत्वपूर्ण रहेको छ । ज्योतिषशास्त्रका अनुसार नोभेम्बरमा जन्मिएकाहरूका लागि पुष्पराजलाई जन्म पत्थरको रूपमा लिइन्छ र सामान्यतया बिहीबार जन्म भएकाहरूका लागि पनि यो रत्न धारण फलदायी मानिन्छ।

६. हीराः

यो रत्नलाई बिशेष गरेर वृष र तुला लग्नमा जन्मिएका मानिसका लागि प्रमुख रत्नको रुपमा मानिएको छ । यो रत्न धारण गर्नाले पारिवारिक सुख हुनुको साथै सन्तान प्राप्ति हुने विश्वास पनिरहेको छ । साथै यो रत्नले मकर राशिको लागी सन्तान प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्नुको साथै बौद्धिक शक्तिमा  वृद्धि गराउछ । सामान्यतया यो रत्न शुक्रबार जन्म भएकाहरूका लागि फलदायी मानिन्छ।

७. नीलमः

यो रत्न मकर र कुम्भ लग्न भएका मानिसका लागि निकै उपयोगी पत्थर मानिनुको साथै लामो आयु पनि प्रदान गर्ने गर्दछ । सामान्यतया शनिबार जन्म भएकाहरूका लागि पनि नीलम रत्नको धारण फलदायी मानिन्छ।

८. गोमेदः

यस पत्थरले तत्काल कुनै पनि प्रकारका राम्रा वा नराम्रा नतीजा पैदा गर्ने क्षमता राख्छ। यो राहुको पत्थर भएकाले यसको असर प्रयोगकर्ताअनुसार तत्काल पर्ने गर्ने गर्दछ । बिशेष गरेर सर्पयोग, नागदोष, राहुको महादशा, राशि वा लग्नबाट आठौं राहु आदि स्थितिमा गोमेद धारण गर्नुपर्ने हुन्छ ।

९. वैदूर्यमणिः

यो रत्न अन्य पत्थरको तुलनामा एकदमै भिन्न प्रकारको पत्थर रहेको छ । यसको प्रयोग गर्नुअघि ज्योतिषशास्त्री र रत्नविज्ञहरूसँग सल्लाह लिनु निकै फलदायी हुनेछ ।

प्रकाशित : शनिबार, जेठ १७, २०७७११:३०

अत्याधिक शाहसिक हुन्छन् यी राशिका व्यक्तिहरु, हरेक दुखसँग लड्ने राख्छन् क्षमता !