अत्याधिक शाहसिक हुन्छन् यी राशिका व्यक्तिहरु, हरेक दुखसँग लड्ने राख्छन् क्षमता !

ज्योतिष शास्त्रमा हरेक राशि अनुसार फरक-फरक व्यवहार रहने हुन्छ भने भविष्य पनि राशि अनुसारनै निर्धारण हुने गर्छ। ज्योतिष शास्त्र अनुसार साहसको पनि निर्धारण हुने गर्छ। ज्योतिष शास्त्र अनुसार केही राशि आफ्नो दुख देखि कहिले पनि बिमुख नहुने गर्छन् भने हरेक प्रकारको दुखसँग लड्ने पनि क्षमता राख्ने गर्छन्। हत्त-पत्त कुनै पनि प्रकारको दुख देखि नडराउने हुँदा यस्ता राशिहरुलाई साहसी मान्ने गरिन्छ।

कर्कट राशि

कर्कट राशि भएका व्यक्तिहरु आफ्नो दुख जहिले पनि लुकाउने गर्छन्। यस राशि भएका व्यक्तिहरु आफ्नो प्रेमी चुन्न मात्र नभई साथी छान्न पनि धेरै समय लगाउने गर्छन्। यस राशि भएका व्यक्तिहरु प्रेममा पनि खासै भावुक नहुने गर्छन्। आफ्नो जस्तो सुकै दुखमा पनि सुख खोज्न सक्ने यस राशिका मानिसहरु हरेक प्रकारको साहसी काम गर्न पछि हट्दैनन्।

 

 

 

कन्या राशि

कन्या राशि भएका मानिसहरु देख्दा केही कम्जोर देखिने भएता पनि भित्रबाट भने धेरै साहसी हुने गर्छन्। आफुलाई लिएर यस राशि हुनेहरु धेरै जागरुक हुने गर्छन्। जुनै पनि प्रकारको दुखमा पनि लड्ने भित्रैबाट प्रण गर्ने यस राशिका मानिसहरु देख्दा जति डरपोक देखिन्छन् , भित्रबाट भने धेरै बलियो हुन्छन्। आत्मविश्वासको मामलामा धेरै अगाडी हुने हुँदा यस राशि भएका व्यक्तिहरुलाई साहसी मानिने गरिन्छ।

 

 

 

वृश्चिक राशि

वृश्चिक राशि भएका व्यक्तिहरु हेर्दा धेरै क्रुर देखिने गर्छन् भने व्यवहार पनि केही खरो हुने गर्छन्। यस राशि भएका मानिसहरु देख्दा गम्भीर हुने गर्छन् भने दुख देखि कहिले पनि पछि नहट्ने गर्छन्। वृश्चिक राशि भएका व्यक्तिहरु शारीरिक मात्र नभई मानसिक रुपमा पनि धेरै बलियो हुने गर्छन्। साथै आफ्नो दुख अरुलाई नसुनाउने गर्छन्। हरेक दुखसँग लड्ने समेत क्षमता राख्ने यस राशिका मानिसहरु धेरै साहसी हुने गर्छन्।

 

 

 

कुम्भ राशि

कुम्भ राशि भएका व्यक्तिहरु प्राय गम्भीर मानिने गर्छन्। साथै यस राशि भएका व्यक्तिहरु भावनामा पनि कहिले पनि बग्ने गर्दैनन्। व्यवहार मात्र नभई भावनामा पनि धेरै बलियो रहने हुँदा यस राशि भएका व्यक्तिहरुको दुखलाई कसैले पनि बुज्न सक्दैनन्। दुखमा पनि हाँस्न सक्ने क्षमता राख्ने गर्छन्।

प्रकाशित : शनिबार, जेठ १७, २०७७११:५३

तुला राशि भएका युवतीहरु पत्नीको रुपमा कस्ता हुन्छन् ? यसो भन्छ ज्योतिषशास्त्र !