काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) सम्झौतालाई ध्यानपूर्वक पढ्नुपर्ने बताएकी छन्।
साझा पार्टीका साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी सम्झौतालाई श्रीलंका सरकारले नकारेको विषय उल्लेख गर्दै गरेक ट्वीटमा टिप्पणी गर्दै कोइरालाले एमसीसी सम्बन्धी सम्झौतालाई ध्यानपूर्वक पढ्नुपर्ने बताएकी हुन्।
साझा पार्टीका साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले एमसीसी सम्बन्धी सम्झौताको समीक्षा गर्न गठित कार्यदलको सुझावको आधारमा श्रीलंका सरकारले एमसीसी खारेज गर्ने निर्णय गरेको ट्वीटरमा उल्लेख गरेका छन्।
जसमा टिप्पणी गर्दै नायिका कोइरालाले विगतमा भएका विभिन्न सम्झौताहरुबाट पाठ सिकेर एमसीसी सम्बन्धी सम्झौता बारे राम्रो अध्ययन गरिनुपर्ने बताएकी छन्। बिगतका गल्तीहरूबाट पाठ सिक्नुपर्ने उनको बुझाई छ।
“हामीले ध्यानपूर्वक पढ्नुपर्दछ । विगतमा हामीले गल्ती गरेका छौं । विश्वास छ, हामीले विगतका गल्तीहरूबाट पाठ सिक्छौं । मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।”,नायिका कोइरालाको टिप्पणी छ।
दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्मा विचाराधीन छ। संसदमा विचाराधीन भएपनि सरकारले एमसिसी अन्तर्गतका परियोजनाहरु आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको छ।
जसलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत विवाद बढेको छ। यसै विषयलाई लिएर छलफल गर्न बसेको नेकपा सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी गरेको छ।