राष्ट्रघाती भनिएपछि बाबुरामले यसरी पोखे आक्रोश: भने – ‘दालमा केही कालो छ भनेर बुझ्नुपर्छ’

काठमाडौँ – समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनको विषयलाई लिएर आफूहरुलाई राष्ट्रघाती भनिएको प्रति आपत्ति जनाएका छन्।

फाइल तस्बिर

शनिबार ट्वीटर मार्फत टिप्पणी गर्दा भट्टराईले विधान संशोधनको विषयलाई लिएर आफूहरुलाई राष्ट्रघाती भनिएको प्रति आपत्ति जनाएका हुन्। जन्मभूमि आफूहरुका लागि स्वर्ग सरह रहेको भट्टराईले प्रष्ट पनि पारेका छन्।

पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत तहेका भट्टराईले एउटै आमाका सन्तानमध्ये एउटाले आफूले मात्र आमालाई माया गर्ने अरूले नगर्ने भन्नु र एउटै देशका नागरिकमध्ये केहीले आफू मात्र देशभक्त अरू चाहिं देशद्रोही भन्नु एउटै हो भनेका छन्। यदि कसैले यस्तो भन्छ भने दुवैले अंशबण्डामा जालझेल गर्दैछन भन्ने बुझ्नुपर्ने भट्टराईको तर्क छ।

“एउटै आमाका सन्तानमध्ये एउटाले आफुले मात्र आमालाई माया गर्ने अरूले नगर्ने भन्छ र एउटै देशका नागरिकमध्ये केहीले आफु मात्र देशभक्त अरू चाहिं देशद्रोही भन्छन् भने बुझ्नुपर्छ दालमा केही कालो छ।दुवैले अंशबण्डामा जालझेल गर्दैछन भन्ने बुझ्नुपर्छ।नभुलौं-जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी!”,भट्टराईले लेखेका छन्।

प्रकाशित : शनिबार, जेठ १७, २०७७१४:३७

कोरोनामुक्त भयो भक्तपुर