एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस चीनको ऊहान शहरबाट फैलन सुरु गरेको थियो । डिसेम्बरको अन्त्यतिरबाट फैलिन शुरु गरेक कोरोना भाइरस अहिले विश्वका धेरै देशमा पुगेको छ। कोरोनाले सबै भन्दा धेरै अमेरिका र युरोपमा असर गरेको छ भने अहिले दक्षिण अमेरिका र दक्षिण एसियामा संक्रमण बढ्दो छ।
जहाँबाट कोरोना भाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
न्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यस्तो सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्टमा चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएको छ ।
ऊहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्तिमाथि गरिएको थियो । २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । यो पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा मार्केटमा आउन सक्ने बताइयो । भ्याक्सिन दोस्रो चरणको ट्रायलमा पुगेको छ ।
चीन बाहेक विश्वका दर्जन भन्दा बढी देशमा अहिले कोरोना भाइरस विरुद्धको खोप बारे अनुसन्धान भैसकेको छ भने केहि अनुसन्धानहरु अगाडी बढ्ने क्रममा छन्।