कोरोनाको विश्वभर ‘बितण्डा’, तर यी १२ देश भने अझै सुरक्षित ! यी हुन् कोरोना नदेखिएका देश[सूची]

एजेन्सी – चीनबाट शुरु भएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण अहिले विश्वका २ सय भन्दा बढी मुलुकमा पुगेको छ। आइतबार सम्म विश्वका २ सय १५ मुलुकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

यो समाचार तयार पार्दा सम्म विश्वभर संक्रमितको संख्या ६१ लाख ५० हजार ४ सय ८३ पुगेको छ। बितेको २४ घण्टामा मात्रै विश्वभर १ लाख २४ हजार १ सय ३ नयाँ संक्रमित फेला परेका छन्।

आइतबार मध्यान्न सम्म विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ५ सय ६ पुगेको छ। बितेको २४ घण्टामा विश्वभर ४ हजार ८४ जनाको ज्यान गएको बताइन्छ।

कोरोनाबाट सबै भन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १८ लाख १६ हजार ८ सय २० पुगेको छ। जसमध्ये १ लाख ५ हजार ५ सय ५७ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरस संक्रमण पछिल्लो समय युरोपका मुलुकहरुमा नियन्त्रणमा आएको छ। तर, दक्षिण अमेरिकी मुलुकहरुमा कोरोना भाइरसको प्रकोप बढ्दो छ। यता, नेपाल सहित दक्षिण एसियाली मुलुकहरुमा पनि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। भारतमा दैनिक ८ हजार भन्दा बढी संक्रमित फेला पर्न थालेका छन्।

विश्वका विभिन्न मुलुकमा कोरोनाले महामारीको रुप लिँदै गर्दा विश्वका केहि मुलुक भने कोरोना भाइरसबाट सुरक्षित देखिएका छन्। विश्व तथ्यांकका अनुसार विश्वका १२ देशमा कोरोना भाइरस संक्रमण देखिएको छैन ।

कोरोना संक्रमण नदेखिएका मुलुकहरु निम्न छन्।

१. किरिबाटी

२. मार्सल आइल्यान्ड

३. माइक्रोनेसिया

४. नाउरु

५. उत्तर कोरिया

६. सोलोम आइल्यान्ड

७. पलाउ

८. समोआ

९. तुर्कमेनिस्तान

१०. टुभालु

११. भानुआटु

१२. टोंगा

प्रकाशित : आइतबार, जेठ १८, २०७७०६:३१

नेपालमै कोरोनाको खोप तयार भएको जिकिर, परीक्षण गर्ने व्यवस्था मिलाउन माग !