अस्तायो शुक्र ग्रह: यति दिन सम्म शुभ कार्य गर्न नहुने, यी राशिलाई अशुभ !

वैदिक ज्योतिषशास्त्रका अनुसार हरेक ग्रह-नक्षत्रहरु समय-समयमा आफ्नो चाल बदल्छन् भने यस्तो परिवर्तनले शुभ र अशुभ योग निर्माण हुन्छन्। यस्ता घटनाले शुभ कार्य तथा मांगलिक कार्यहरुमा समेत असर पार्ने ज्योतिषशास्त्रको भनाई छ।

ग्रहहरुको अस्त र उदयलाई समेत ज्योतिषीहरु महत्वपूर्ण घटनाको रुपमा लिन्छन्। ग्रहहरुको अस्त र उदयले हरेक राशिमा मात्र नभई शुभ सिद्धिमा समेत प्रभाव पार्ने बताइन्छ।

यसै बीच शुक्र आइतबारबाट अस्त भएको छ। आइतबार अस्ताएको शुक्र जेठ २७ गते मंगल-चतुर्थीको दिन उदाउने छ। हाल वृष राशिमा रहेको शुक्र ग्रहको वृषमै जेठ २७ गते उदय हुनेछ। वैदिक ज्योतिष मान्यता अनुसार शुक्र अस्त भएको अवस्थामा कुनै पनि शुभ तथा मांगलिक कार्य गर्न हुँदैन। शुक्र अस्त भएपछि विवाह, व्यापार, नयाँ कार्य थालनी लगायतका कार्य गर्न हुँदैन भन्ने मान्यता छ।

ज्योतिष शास्त्रका अनुसार एक वर्षका विभिन्न दिनहरुमा ग्रहहरु लुप्त हुन्छन्। कुनै पनि ग्रह सूर्यको नजिक गएको अवस्थामा ग्रहहरु नदेखिने हुन्छ। जस समयलाई अस्त भन्ने गरिन्छ।

शुक्रको प्रभाव कहिले सम्म ?

वृष राशिमा रहेर शुक्र जेठ १८ गते देखि जेठ २६ गते सम्म सूर्यसँग १० डिग्री भन्दा कम दूरीमा रहनेछ। ८ दिन सम्म अस्त भएको शुक्रको जेठ २७ गतेबाट उदय हुनेछ।

वैदिक ज्योतिषशास्त्रका अनुसार शुक्रको प्रभाव

ज्योतिषशास्त्रमा शुक्रलाई सुख, समृद्धि, ऐश्वर्य र विलासिताको कारक ग्रह मानिन्छ। जसको कुण्डलीमा शुक्रको बलियो उपस्थिति हुन्छ। उसको जीवन सुखमा बित्छ भन्ने ज्योतिषशास्त्रको मान्यता छ। शुक्र ग्रह वैवाहिक जीवनमा पनि असर पार्ने ग्रह हो। जस कारण शुक्र अस्त भएपश्चात कुनै पनि शुभ कार्य गरिँदैन।

राशिअनुसार कस्तो रहला प्रभाव ?

शुभ प्रभाव- मेष, मिथुन, कर्कट, कन्या र वृश्चिक
अशुभ प्रभाव- धनु, मकर र मीन
मिश्रित असर- सिंह, तुला, वृष र कुम्भ

प्रकाशित : आइतबार, जेठ १८, २०७७१४:२९

जून महिनामा ३ ग्रह राशि र २ ग्रह चाल परिवर्तन गर्दै, यी राशिलाई महिनाभर लाभ !