“कसैको उपनीवेस नभएको देशलाई एमसिसी कम्पनिले चलाउने कुरा मान्य हुँदैन” – भीम रावल

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशालि नेता डा. भीमबहादुर रावलले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउनेखालेको सर्तमा आउने कुनै पनि सहयोग स्वीकार्य नहुने बताएका छन्।

आइतबार नेपाली रेडिओ नेटवर्कको लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता रावलले राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौममा आँच आउने बुँदाहरुमा आवश्यक संशोधन र परिवर्तन नगरी एमसीसी गर्न नमिल्ने बताएका हुन्।

“हाम्रो राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौममा आँच आउने बुँदाहरुमा आवश्यक संशोधन र परिवर्तन नगरी यसलाई अनुमोदन गर्न मिल्दैन भन्ने पहिला नै भएको हो । हिजोको बैठकमा फेरि त्यो निकै जोडदार रुपमा उठेको छ । हामी कुनै देशबाट आर्थिक सहयोग लिने पक्षमा छौं । तर, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउनेखालेको सर्तम आउने सहयोग स्वीकार्य हुने छैन ।”,अन्तर्वातामा उनले भनेका छन्।

यस्तै शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकतासँग नमिल्ने कुनै पनि काम नगर्ने बताएको उनले सुनाए। एमसिसी बारे थाहा पाएकै मितिबाट आफूहरुले विरोध गरेको उनको भनाई छ।

“हामीले जुन मितिबाट थाहापायौं त्यही मितिबाट विरोध गरेका छौं । कसैको उपनीवेस नभएको देश आज आएर एउटा कम्पनीबाट सरकार चल्छ ? यो राष्ट्रको अस्तित्वको लडाईं हो ।”,उनले भने।

प्रकाशित : आइतबार, जेठ १८, २०७७१६:२८

भारतबाट घर फर्केका नागरिक बोकेको गाडी दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु !