नर्भिक अस्पतालमा उपचार गरिरहेकी महिलामा कोरोना संक्रमणको पुष्टि !

काठमाडौँ – काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

सोमबार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

कोरोना भाइरस संक्रमणको पुष्टि हुनेमा अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिला रहेकी छन्। कोरोनाको पुष्टि भएपछि उनलाई पाटन अस्पताल पुर्याइएको छ।

कोरोना भाइरस संक्रमण पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१०:११

आज एकै दिन २ सय भन्दा बढीमा कोरोनाको पुष्टि !