आज एकै दिन २ सय भन्दा बढीमा कोरोनाको पुष्टि !

काठमाडौँ – सोमबार एकै दिन २ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। सोमबार एकै दिन २ सय २६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा विभिन्न जिल्लाका २ सय २६ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए। सोमबार कोरोना पुष्टि भएकाहरुमा २ सय १३ जना पुरुष र १३ जना महिला छन्।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।

नेपालमा एकै दिन २ सय भन्दा बढीमा कोरोनाको पुष्टि भएको यो पहिलो पटक हो। यस भन्दा अगाडी शनिबार एकै दिन १ सय ८९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।

सोमबारको नयाँ पुष्टिसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ। जसमध्ये १ हजार ६ सय ६७ जना पुरुष छन् भने १ सय ३१ महिला छन्।

सोमबार सम्म कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्लाको संख्या ५९ पुगेको छ। डोटी जिल्लामा नयाँ संक्रमणको पुष्टि भएपछि कोरोना संक्रमण पुगेको जिल्लाको संख्या ५९ पुगेको हो।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१०:३८

लक्षण नदेखिएका कोरोना संक्रमित घरमै बस्नुपर्ने !