राजपाले दर्ता गरायो संविधान संशोधन विधेयक !

काठमाडौँ – नवगठित जनता समाजवादी पार्टी (जपसा)ले संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी मिलेर गठन भएको जनता समाजवादी पार्टी (जपसा)ले सोमबार संघीय संसद सचिवालय पुगेर संशोधन विधेयक दर्ता गरेको हो।

सोमबार संघीय संसद सचिवालय पुगेको राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलिले संविधान संशोधनको प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ।

यस अगाडी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता गराउने प्रयास गरेका थिए। तर, संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्न पर्ने बताएका थिए। जस कारण त्यस दिन संशोधनको प्रस्ताव दर्ता हुन सकेको थिएन।

सरकारले नेपालको नयाँ नक्सा पारित गरेपछि नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउन संविधान संशोधन प्रस्ताव संसदमा पेश गरिसकेको छ।

संशोधन विधेयक दर्ता गराएपछि नेता कर्णले आफूहरुको पक्षमा सत्तारुढ नेकपाले मतदान नगरे आफूहरु पनि सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक विरुद्ध उभिने बताएका छन्।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१२:३४

श्वास फेर्ने समस्याबाट गर्भवतीको मृत्यु !