भोलि निर्जला एकादशी: यी राशिलाई मिल्नेछ भगवान विष्णुको कृपा !

निर्जला एकादशीको दिनमा दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

भोलिको दिनमा राशि अनुसार निम्न फल मिल्नेछ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईलाई शारीरिक र मानसिक रुपबाट स्फूर्ति महसुस हुनेछ । घरको वातावरण आनन्ददायी रहनेछ। आर्थिक लाभको साथै व्यवसायमा सन्तुष्टि अनुभव गर्नुहुनेछ। सामाजिक दृष्टिबाट तपाईको प्रतिष्ठामा  वृद्धि हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाइको आकस्मिक खर्च हुने सम्भावना रहेको छ । विद्यार्थीलाई पढ्न र लेख्नमा कठिनाईको सामना गर्नुपर्नेछ। घरमा सुख-शान्तिको वातावरण बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा सहकर्मीहरूको सहयोग राम्रो हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यसदिन तपाई घर, जग्गा आदि पत्र वा कागजातको बिषयमा सावधान हुनुपर्दछ। परिवारको साथ बिनाकारण तनाव बढ्नेछ। सन्तानको बारेमा तपाईलाई चिन्ता रहनेछ। आकस्मिक धन खर्च हुने सम्भावना रहेको छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन आध्यात्मिक र रहस्यमय ज्ञान प्राप्त गर्न राम्रो रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । यसदिन तपाईले आफुलाई अलि बढी संवेदनशील महसुस गर्नुहुनेछ । धन खर्च हुने सम्भावना रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाई कुनै पनि कार्यमा विजयी हुन सक्नुहुनेछ। परिवारसंग आनन्दमयी समय बिताउनुहुनेछ। तर मध्यान्हपछि कुनैपनि कार्य गर्दा सोचेर निर्णय लिनुहोस्। तपाइलाई आफ्नो प्रेम-सम्बन्धले मनमोहक बनाउनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाईको शुभ रहनेछ। तपाईको आफ्नो बोलीको प्रभावले प्रेम सम्बन्ध स्थापित गर्न सक्षम हुनुहुनेछ। तपाईको वैचारिक समृद्धिले अन्य मानिसहरूलाई प्रभाव  पार्दछ। व्यावसायिक दृष्टिबाट यस दिन लाभदायी हुनेछ । मन आनन्दित रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक खर्च हुने सम्भावना रहेको छ। शारीरिक र मानसिक अस्वस्थताको कारण साथीहरुसंग झ-गडा हुनसक्छ, यसको ख्याल गर्नुहोस। मध्यान्हपछि स्थितिमा सुधार आउनेछ। मानसिक स्वस्थताको साथ बोलीको मिठोपनले अन्य मानिसहरूलाई पनि खुशी पार्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

तपाईलाई थुप्रै क्षेत्रमा लाभ प्राप्त हुनेछ। धन प्राप्तिको लागि राम्रो योग रहेको छ ।  मध्यान्हपछि तपाईलाई शारीरिक र मानसिक अस्वस्थता को अनुभव हुनेछ। आफ्नो रिसलाई संयम राख्नुहोस।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

यसदिन तपाईको लाभदायी रहनेछ ।घर र व्यापार दुबैको क्षेत्रको रमाईलो वातावरणले तपाईलाई प्रफुल्लित राख्नेछ। शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछ। व्यवसायमा लाभ मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको यसदिन पूर्णरुपमा शुभ फलदायी रहेनछ । विदेशस्थित नातेदारको समाचारले तपाइको मन प्रफुल्लित हुनेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। तपाइको मनमा रहेको कार्य योजना पुरा हुनेछ।  व्यवसायी वर्गलाई  व्यवसायबाट लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाई आफ्नो रिसलाई संयम राख्नुहोस। परिवारजनको साथ विवाद हुने सम्भावना रहेको छ। मध्यान्हपछि परिवार र साथीहरूसँग राम्रो समय बित्नेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

 

 

 

यसदिन तपाईलाई दैनिक कार्यमा शान्ति प्रदान गर्नेछ। तपाई आफ्नो बोलिलाई संयम राख्नुहोस्। मध्यान्हपछि तपाईको स्वास्थ्य बिग्रिने सम्भावना रहेको छ। आर्थिक रुपमा हानि हुने सम्भावना रहेको छ।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१२:५४

आज जेठ २० गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!