सेना परिचालन गर्ने तयारी, राष्ट्रपतिबाट घोषणा हुँदै !

काठमाडौँ – सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँ हेरेर सेना परिचालन गर्ने भएको छ।

शनिबार मन्त्रिपरिषद बैठक अगाडी बसेको सुरक्षा परिषदको बैठकले गरेक निर्णय मन्त्रिपरिषदबाट पारित भइसकेको र सोमबार बाटै सेना परिचालन हुन सक्ने संभवाना बढेको छ।

सेना परिचालनकै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग सोमबार छलफल गरेका छन्। उच्च श्रोतका अनुसार सोमबार बिहान १० बजेतिर शितलनिवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपति भेटेका हुन्।

भेटघाटका क्रममा कोरोना भाइरस नियन्त्रणका लागि सेना परिचालन गर्ने विषयमा छलफल भएको बताइएको छ। सोमबार अथवा मंगलबारबाट नै सेना परिचालन हुन सक्ने अनुमान गरिएको छ।

सरकारले यही जेठ २० गते कायम रहेको लकडाउनलाई लम्ब्याएर जेठ ३२ गतेसम्म कायम गरेको छ। जेठ २० गते पश्चात लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारीमा रहेको सरकार कोरोनाबाट अतिप्रभावित क्षेत्रमा सेना खटाउने तयारीमा छ।

संविधानको धारा २६७ को उपधारा (६)ले गरेको व्यवस्था अनुसार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएको अवस्थामा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा गराउन सकिन्छ। साथै सेना परिचालन भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट अनुमोदन गराउनुपर्ने प्रावधान छ।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१३:२३

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो !