यी चलचित्रमा देखाइएको छ बेमेल जोडी : वृद्धको तन्नेरीसँग तन्नेरीको वृद्धासँग यस्तो सम्बन्ध !

एजेन्सी – बलिउडमा रोमान्टिक, कमेडी, एक्शन र ड्रमामा आधारित भएता वर्षेनी कयौं चलचित्र बन्छन्। जस्तो सुकै कथामा आधारित भएपनि बलिउड चलचित्रहरुमा रोमान्स भने अनिवार्य रुपमा रहन्छ नै।

तर कहिले काहिँ बलिउड चलचित्रहरुमा अजिव किसिमका प्रेम कथा पनि देखाइन्छन्। जस क्रममा बेमेल जोडी बीचको रोमान्स पनि देखाइन्छ। बेमेल जोडी देखाइएका बलिउड चलचित्र निम्न छन्।

दे दे प्यार दे

मे १७ मा रिलिज हुने यस चलचित्रमा अजय देवगन एक ५० वर्षीय व्यक्तिको भूमिकामा देखिँदैछन्। यस चलचित्रमा उनी २४ वर्षीय रकुल प्रीतसँग रोमान्स गर्दै देखिनेछन्। श्रीमतीसँग छुटेका ५० वर्षीय व्यक्ति, उनकी पूर्व श्रीमती र २४ वर्षीय युवती बीचको कथालाई या चलचित्रमा देखाइएको छ।

चीनी कम

पर्दामा फरक-फरक भूमिका निभाउन माहिर अमिताभ बच्चनले अहिले सम्म धेरै चलचित्रमा काम गरिसके। चलचित्र “चीनी कम”मा अमिताभले ६४ वर्षीय वृद्धको भूमिका निभाएका थिए। उनले यस चलचित्रमा एक ३४ वर्षीयसँग रोमान्स गरेका थिए। जुन भूमिका तब्बूले निभाएकी थिइन्।

लम्हे

सन् १९९१ मा आएको चलचित्र “लम्हे” मा अभिनेता अनिल कपूरलाई उनकी प्रेमिकाको छोरीसँग रोमान्स गर्दै गरेको देखिएको छ। चलचित्रको कथा अनुसार श्रीदेवी अनुल कपूरको प्रेमिका हुन्छिन्। तर यी श्रीदेवीको अन्तै विवाह हुन्छ, श्रीदेवीले एक छोरी जन्माउँछन् अनि उनको मृत्यु हुन्छ। पछि उनकी छोरी अनुल कपूरसँग प्रेममा पर्छिन्। जुन भूमिका श्रीदेवीले नै निभाएकी छन्।

निशब्द

चलचित्र निशब्द सन् २००७ मा रिलिज भएको थियो। २० वर्षीय युवती(जिया खान) र ६२ वर्षीय वृद्ध (अमिताभ बच्चन) बीचको प्रेम सम्बन्धलाई देखाइएको छ। यस्तो बेमेल प्रेम सम्बन्ध देखाइएको कारण त्यस समयमा यस चलचित्रको व्यापक विरोध भएको थियो।

दिल चाहता है

सन् २०११ मा आएको दिल चाहता है मा डिंपल कपाड़िया र अक्षय खन्ना बीचको प्रेम सम्बन्धलाई देखाइएको छ। यस जोडीलाई पनि बेमेल नै भन्न सकिन्छ। जसमा डिंपल एक उमेर ढल्केकी महिलाको रुपमा देखिन्छिन्।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१४:२६

ऐश्वर्यासँग बदला लिन सलमानले ल्याएका थिए ऐश्वर्याकै ‘डुप्लिकेट’, रोग लागेपछि छाडिन् फिल्म इन्डस्ट्री