ऐश्वर्यासँग बदला लिन सलमानले ल्याएका थिए ऐश्वर्याकै ‘डुप्लिकेट’, रोग लागेपछि छाडिन् फिल्म इन्डस्ट्री

काठमाडौँ : अभिनेत्री ऐश्वर्या राय बच्चनसँगको ब्रेकअप पछि सलमान खानले सन् २००५ मा एक नयाँ अभिनेत्रीलाई फिल्मी क्षेत्रमा ल्याएका थिए। जो हुबहु ऐश्वर्या जस्ती नै देखिन्थिन्। दर्शकले जब उनलाई पर्दामा देखे तब हेरेको-हेर्‍यै भएका थिए। आज हामी चर्चा गर्ने छौं फिल्म ‘लकी : नो टाइम फर लभ’ बाट डेब्यु गरेकी अभिनेत्री स्नेहा उलालको बारेमा। फिल्मले बक्स अफिसमा त्यस्तो खासै कमाल गर्न सकेन तर पनि ऐश्वर्यासँग अनुहार मिलेकै कारण स्नेहाले उलालले चर्चा पाईन्। स्नेहा सन् २०१४ मा एक तमिल फिल्ममा देखिएकी थिईन्। जसपछि उनी फिल्मी दुनियाँबाट टाढा भईन्।

स्नेहाले पछिल्लो समय बलिउडसँग दूरी बनाएकी छिन्। फिल्मी क्षेत्रबाट टाढा हुनुमा उनको गम्भीर रोगको कारण देखाईएको छ। गत वर्ष जुनमा स्नेहाले एक अन्तर्वार्तामा पछिल्लो ४ वर्षबाट गम्भीर रोगबाट पीडित भएको र रोगसँग लडिरहेको बताईएकी थिईन्। उनलाई अटो इम्युन डिसअर्डर(Autoimmune Disease) रोग लागेको बताईएको छ । रगतसँग सम्बन्धित यस रोग लागे पछि व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ।

स्नेहालाई भनिन्, “रोगको कारण म यति धेरै कमजोर भएकी थिई कि म आफ्नो खुट्टामा ३०-४० मिनेट भन्दा उभिएर बस्न सक्दिनथे। यस्तो अवस्थामा मेरो लागि छायांकनमा लाग्नु अकल्पनीय कुरा थियो। केही समयसम्म त रोगको पर्वाह नगरी छायांकन पनि गरे तर मेरो स्वास्थ्य अवस्था झन खराब भए पछि मैले छायांकन रोके ।”

स्नेहाले बताइन, “भलै शारीरिक रुपमा कमजोर भए पनि मानसिक रुपमा म मजबूत थिए। अहिले म पूरा समय आफूलाई ख्याल राख्दैमा बिताउँछु।” रोगको कारण स्नेहा कुनै पनि सार्वजनिक कार्यक्रममा जान नै छाडेकी थिईन्। एक पटक फिल्मी दुनियाँमा जोडिएपछि सधैँ सुन्दर देखिनु पर्ने दबाव हुने उनको अनुभव छ। रोगको कारण उनको सुन्दरतामा औंसी लागेको थियो जसको कारण उनले पार्टीमा जान छोडेकी थिईन्।

उपचारबाट शरीर केही तंग्रिएपछि स्नेहाले २०१७ डिसेम्बरमा रोमान्टिक म्युजिक भिडियो ‘इश्क वाली बारिश’ मा काम गरिन्। म्युजिक भिडियोमा स्नेहासँग मुम्बईका मोडेल कैज खानको छन्। स्नेहाले आफू अब चाँडै चलचित्रमा पुनरागमन गर्ने बताइन्। एजेन्सी

प्रकाशित : सोमबार, जेठ १९, २०७७१४:३०

यी हुन् बलिउडका ५ दाजुभाई र दिदीबहिनीको जोडी, जुन तपाईलाई थाहा नहुन सक्छ